साधारणसभाले पत्रकार साथिहरु बीच चिन्ने र सम्पर्क बढाउने मौका हुने छ : विकासराज न्यौपाने बरिष्ट उपाध्यक्ष नेजा

यही आउदो मे ४ र ५ तारिक टेक्ससको ड्यालसमा हुन लागेको नेपाल अमेरिका पत्रकार संघ ९नेजा० को १३ औं साधारण सभाको तयारी लगभग पुरा भएको छ नेजाको साधारण सभा बिशेष एवं भब्व रुपमा गर्नेका लागी स्थानिय आयोजक दिन रात लागी परेको छ । टेक्सासमा रहेका नेपाली पत्रकार एवं टेक्सासमा रहेका ब्यबसायी एवं समाजसेबीहरुको सहयोगले नै ऐतिहासीक अविस्मरणीय बनाउन अहोरात्र खटिएका नेजाका बरिष्ट उपाध्याक्ष एवं तयारी समितिका संयोजक बिकाशराज न्यौपाने सगं नेपालयले गरेको बिशेष कुराकानी ।

नेजाको १३ औ साधारण सभाको तयारी कस्तो रुपमा भाको छ ?

तयारी सबै पुरा भएको छ । बस्ने, खाने, कार्यक्रम स्थल सबै तय भईसकेको छ । कार्यक्रम तालिका पनि तयार गरेर सदस्यहरूलाइ इमेल गरिसकेका छौँ । शुक्रवार देखिनै केही केही कार्यक्रम शुरु हुन्छन् । शुक्रबार ३ बजे डालस आइपुग्नु हुने साथीहरुलाई ओक्लाहोमा ट्रिप राखिएको छ । शनिवार पनि विभिन्न कार्यक्रम छन् । यो हाम्रो नियमित साधारण सभा हो । तर, यस भन्दा बढी हामीहरु बीच भेटघाट गर्ने, अनुभव सुन्ने सुनाउने अवसर पनि हो ।

तयारीका लागी टेक्सासका नेपाली सघं सस्धाको कत्तीको सहयोग पाँउनु भाको छ ?

टेक्ससका संघसंस्था र समाजिक अभियन्ताहरुको सहयोग नभएको भए यो कार्यक्रम गर्नु संभवनै थिएन । धेरैले व्यक्तिगत र संस्थागत रुपमा यस कार्यक्रमलाई सहयोग दिनुभएको छ । त्यसैले नै कार्यक्रम आयोजना गर्न सकिएको हो ।

बिगतका साधारण सभा भन्दा यो साधारण सभा कुन अर्थमा फरक रहेको छ ?

साधारण सभा नियमित कार्यक्रम नै हो । तर, यस भन्दा बढी भेटघाट चिनजान र अनुभव आदानप्रदान नै मुख्य हो । यसपटक कार्यक्रममा विगतमा भन्दा बढीको सहभागिता हुने आशा गरिएको छ । पत्रकारितामा धेरै बर्ष बिताउनु भएका साथीहरुले सहभागिता जनाउँदै हुनुहुन्छ । वरिष्ठ पत्रकार किशोर नेपालले आफ्नो अनुभव सुनाउनु हुने छ । यसवाहेक डलास आफैँमा नेपाली समुदाय सकृय रहेको शहर हो । यहाँ नेपालीहरुले आक्रमक शैलीवाट व्यापार व्यवसाय विस्तार गरिरहनु भएको छ । पत्रकार साथिहरुले यहाँ रहँदा यसलाई महसुस गर्नु हुने छ । यो सम्पर्क बढाउने अवसर पनि हो । अर्को तर्फ एनआरएनए अमेरिकाको चुनावी माहौल छ । हामीले साधारण सभा लगत्तै एनआरएनए अमेरिकाका नेतृत्वमा जान उम्मेदवार दिनेहरुसँग कार्यक्रम पनि राखेका छौं । यो पनि यस पटकको विशेष आकर्षण हो ।

कती पत्रकारहरुको सहभागीता रहने छ ?

अहिले यतिनै भन्ने एकिन छैन । साथीहरूले खबर गरिरहनु भएको छ । तर, राम्रै सहभागिता हुने आशा गरिएको छ

साधाराण सभालाई चाहिने आर्थीक पाटोलाई कसरी ब्यबस्था गर्नु भाको छ ?

आर्थिक सहयोगका लागि हामीले डालसकै सामाजिक अभियन्ता, व्यवसायीहरुलाई अनुरोध गरेका थियौं । हाम्रो अनुरोधलाई स्विकारेर धेरैले सहयोग गर्नुभएको छ

साधारण सभाको आर्कषण के के हुन ?

आकर्षण भनेको आपसी भेटघाट नै हो । हामीले पत्रकारिता रहँदा आ–आफ्नो ठाउँमा विभिन्न खालका अनुभव पाएका छौँ । यो साधारण सभा भने यस्ता आफ्ना अनुभव सुन्ने र सुनाउने नै हो । साधारण सभा औपचारिक कार्यक्रम हो । तर, यसले पत्रकार साथीहरुलाई भेट्ने अनुभव सुनाउने सुन्ने, रमाइलो गर्ने अवसर प्रदान गर्छ । हाम्रो अवस्था के छ हामी कहाँ छौं भनेर मूल्यांकन गर्ने अवसर पनि हो । संस्था मार्फत अमेरिकामा रहेका नेपाली पत्रकारको हितका लागि केही अझ राम्रो गर्न सकिन्छ कि यो छलफल गर्ने अवसर पनि हो ।

नेजाको विधान अनुसार हरेक वर्ष हुने साधारण सभा हो यो । खासै आकर्षण केही छैन । तरपनि हामीले अमेरिकामा रहनु भएका पत्रकारहरूलाइ आफ्नो कार्यथलोबाट समय निकालेर एकआपसमा भेटघाट, रमाइलो गर्ने अवसरका रूपमा यसलाइ बनाइरहेका छौँ । अर्को मैले माथिनै भने जस्तो स्थानिय समुदायसँग भेटघाट पनि हो । हामी यहाँ बस्नेले यो समुदाय चिनेका छौं तर, वाहिरवाट आउने पत्रकार साथिहरुले पनि चिन्ने र सम्पर्क बढाउने मौका पनि हो ।

अतिथीको रुपमा को को आउदै हुनुहुन्छ ?

वरिष्ठ पत्रकार किशोर नेपाल आउँदै हुनुहुन्छ । अमेरिकामा रहनुभएका अरू धेरै वरिष्ठ पत्रकारहरू पनि सहभागी हुनुहुनेछ । यसवाहेक एनआरएनए अमेरिकाका पदाधिकारीहरु, स्थानीय समाजिक अभियन्तापनि कार्यक्रममा सहभागिता जनाउनुहुने छ ।