‘बिदेश गएकी आमालाई चिठ्ठी’

रजनी मल्ल, 

 

‘बिदेश गएकी आमालाई चिठ्ठी’

 

बिदेश गएकी हे आमा! तिमी फर्किने कहिले हो कुन्नि

लोलाएका आँखाहरुले पछ्यौञ्छन बाटो ढुकी

भयो आमा राम्रो, मीठो चाहिदैन हामीलाई यहाँ

तिम्रो माया र साथ भए पुग्छ हामीलाई जहाँ

तिमी बिना सुरक्षित भएको महशुस हुदैन यहाँ

तिखा आँखाहरुले सधै पछ्याए झैँ लाग्छ जहाँ

तिमी बिना भिडभाड मा पनि पाउछु म एक्लो यहाँ

सधै मेरा आँखाहरुले खोज्छन तिमीलाई जहाँ

 

जति सम्झाउदा नि मन मेरो मान्छन् नै कहाँ?

कसरि पो सम्झाउने आमा तिमी नै आई भन यहाँ

के तिमी मात्रै पनि सधै सुरक्षित छौ र त्यहाँ ?

के तिमी मात्रै पनि सधै खुशी छौ र जहाँ?

तिमीलाई पनि हाम्रो याद आउछ होला नि त्यहाँ

तिमीलाई पनि हाम्रो माया लाग्छ होला नि जहाँ

बिदेशी भूमीमा आमा किन पसिना बगाउछौ त्यहाँ

आफ्नै स्वदेशमा मिहेनत गरे के पो हुदैन र यहाँ

हुन सक्छ केहि अभाब र कमि होलान् नै यहाँ

तर परिवार सबै साथै भए स्वर्ग नै हुन्छ जहाँ

साथीको रगताम्मे शरीर समझदा निन्द्रा लाग्दैन यहाँ

पीडाले छत्पतेको चित्कार समझदा डर लाग्छ जहाँ

चीर निन्द्रामा सुतेकी रे भन्दा रुन मनलाग्छ यहाँ

तिम्रै बलियो र सुरक्षित साथ चाहिन्छ हामीलाई जहाँ

सक्दिन आमा पलपल तिम्रो सम्झनामा तद्पिन यहाँ

तिम्रो साथ पाउदा नै सबै थोक पाउछौ हामी जहाँ

चाडै नै फर्कनु है आमा हाम्रो अनुरोध छ तिमीलाई त्यहाँ

मौनता मेरो चिच्याई तिमीलाई बोलाई रहन्छ यहाँ।

न्यु जर्शी, अमेरिका