दल घटेकै जाती

नेपालको संसदले ३ प्रतिशतको थ्रेसहोल्ड राखेर राष्ट्रिय पार्टी बन्ने सीमा खडा ग¥यो । यो अत्यन्तै स्वागतयोग्य कदम हो । ३ करोड जनसंख्या भएको मुलुकमा २ सय जति पार्टी छन्, जुन दुर्भाग्य हो, जब कि सबा अर्बभन्दा बढी जनसंख्या भएको भारतमै २० भन्दा बढी पार्टीको अस्तित्व छैन, झन् अमेरिकामा त २ पार्टी छन् र बेलायतमा पनि अमेरिकामा जस्तै छ ।
पार्टी धेरै हुँदा सत्ताको अस्थिरता भइरहेको नेपाली जनतामाझ जगजाहेर छ । एक सिटे दलले पनि सत्ता परिवर्तनमा भूमिका खेल्दा राजनीति निकै फोहोरी भयो । एकपटक एक सिट जितेर सांसद भएको व्यक्ति जनताप्रति उति साह्रो उत्तरदायी नहुनु स्वाभाविकै हो, त्यस्ताले देशको भन्दा पनि आफ्नै हित हेर्ने र मन्त्री बन्ने लालचमा सत्ताकै उलटपलट खेलमा लाग्ने दीर्ग रोगले नेपाललाई गाँज्यो । नेपालको समृद्धिको बाधक राजनीतिक अस्थिरता हो भन्ने जानी सकेपछि त्यसरी सीमा तोक्नै पथ्र्याे । ढिलै भए पनि मुख्य दलहरुका नेतामा सद्बुद्धि आयो र थ्रेस होल्ड अर्थात सीमा रेखा राखे । ३ प्रतिशतभन्दा कम मत ल्याए राष्ट्रिय दलको मान्यता नहुने भएपछि उनीहरुको चुनाव चिह्न पनि नहुने नै भयो । उम्मेदवारहरु स्वतन्त्र हैसियतमा लड्नुपर्ने भयो । त्यति गर्दा जो पायो त्यसले जित्ने सम्भावना कमै हुन्छ । सक्ने भए त अमेरिका वा बेलायतमा जस्तै २ मात्रै दल नसके पनि आधा दर्जन वा त्योभन्दा केही कम संख्या बनाउन सक्ने भए जाती हुन्थ्यो ।
दलहरु धेरै हुँदा चन्दाकै कारण पनि अर्थतन्त्रलाई नरात्मक प्रभाव परेको छ । अनावश्यक बार्गेनिङ गर्ने र धेरै दल र नेताहरुलाई एजेन्डा बुझाउनुनपर्ने बाध्यताले पनि देशमा विकास हुन कठिन भइरहेको अवस्थामा दलीय सीमा तोक्नै पथ्र्याे, तोकियो । राम्रो भयो । ससाना दलहरुको विरोधका बाबजुद यत्तिको कदम ठूला दलहरुले चाल्नुलाई सकारात्मक रुपमा लिनै पर्छ । राष्ट्रमा आवश्यक यस्ता निर्णयहरुमा ठूला दलहरुमात्रै सकारात्मक भइदिने हो भने मुलुकमा राजनीतिक स्थिरता आउन बेर लाग्दैन । स्थिरता भयो भने आर्थिक वृद्धि हुन्छ, हुन्छ । नेपाली जनताले चाहेको पनि त्यही नै हो ।
यसअघिको संवैधानिक व्यवस्थामा पनि राष्ट्रिय दलको सीमा नेपालमा थियो । तर अहिलेजस्तै च्याउसरी नभए पनि ससाना पार्टी कायमै रहे । तिनका सांसदले पनि स्वतन्त्र हैसियतमै भए पनि राजनीतिक चलखेल गरे । त्यसबाट पाठ सिक्दै थ्रेस होल्ड अझै बढाउन जरुरी छ ।

eznepal-sidebar add

Rakshya Travel-sidebar