म्यानचेष्टर युनाइटेड घाटामा

जेठ ४, लण्डन (बेलायत) । इङ्लिश प्रिमियर लिग फूटबलको एउटा प्रमुख क्लब म्यानचेष्टर यूनाइटेड (म्यान यू) घाटामा गएको छ ।

क्लबले बताएअनुसार जनवरी–मार्च त्रैमासमा यसलाई ३८ लाख पाउण्ड स्टर्लिङ घाटा भएको छ । गतवर्षको सोही अवधिमा भने यसले १ करोड ३७ लाख पाउण्ड मुनाफा कमाएको थियो । क्लबको सञ्चालन खर्चमा भएको उच्च वृद्धिका कारण सो अवधिमा घाटा भएको हो ।

खेलाडीहरूलाई अनुबन्धन गराउन धेरै खर्च लागेकै बेलामा डलरको तुलनामा पाउण्डको भाउमा आएको कमीले क्लब झन् धेरै मारमा परेको बताइएको छ । जनवरी–मार्च त्रैमासमा क्लब घाटामा गए पनि आम्दानी भने वार्षिक ३ प्रतिशतले बढी १२ करोड ७२ लाख पाउण्डमा पुगेको छ । चालू आर्थिक वर्षमा क्लबले ५६ करोड पाउण्डदेखि ५७ करोड पाउण्डको कीर्तिमानी आम्दानी गर्ने अपेक्षा गरिएको छ । एजेन्सी