चुनावी नतिजाबाट नयाँ शक्ति विचलित नहुने – डा. भट्टराई

काठमाडाैं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले जनादेश विनम्रताका साथ स्वीकारेका छन्।
पहिलो चरणको स्थानीय त निर्वाचनमा अपेक्षाकृति जनमत नपाएको नयाँ शक्ति यो चुनावी नतिजाबाट विचलित नहुने डा. भट्टराईले दृढता देखाएका छन्।
उनले नयाँ शक्ति अहिले नवजान शिशु रहेको भन्दै विस्तारै लड्दैपड्दै दाैडने विश्वास राखेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा बिहीबार उनले चुनावी नतिजाप्रति लक्षित गर्दै लेखेका छन्-
‘नवजात शिशु नयाँ शक्तिलाई लड्दैपड्दै दौडन सिक्न र वैकल्पिक राजनीतिको लामो यात्रा तय गर्न जनताले दिएको आदेशलाई हामी विनम्रतासाथ स्वीकार्छौं!’
डा. भट्टराईले एक अर्को ट्विटमा पनि चुनावी परिणामको सन्दर्भलाई जोडेका छन्। उनले लेखेका छन्-
‘सत्य र शक्तिको संयोजन वैकल्पिक राजनीति/नयाँ शक्तिको मुख्य ध्येय/चुनौती हो! लक्ष्मी र सरस्वती जस्ता यी प्रवर्गलाई मिलाउन समय लाग्छ! धैर्य गरौं!’