श्रीमानकै अगाडि श्रीमतीको सामूहिक बलात्कार ! भिडियो समेत खिचेर भाइरल गरे (भिडियो सहित)…

पछिल्ला दिनहरुमा महिलामाथिको यौन हिंसा डरलाग्दो समस्याको रुपमा बढिरहेको छ । हाम्रो देश नेपाल मात्र होइन छिमेकी देश भारत पनि यो समस्याबाट मुक्त छैन । भारतको राजस्थानको अलवर जिल्लामा एक दलित महिलालाई आफ्नै श्रीमानको अगाडि नै सामूहिक बलाकार गरेका छन् । दम्पत्तीको बाटो छेकेर सुनसान स्थानमा पुर्‍याइयो र श्रीमतीमाथि सामूहिक बलात्कार गर्नुको साथै श्रीमानलाई निर्घात कुटपिट समेत गरेका छन् । पीडितका अनुसार आफ्ना श्रीमानसँग मोटरसाइकलमा गइरहेका बेला पाँचजनाले उनीहरुलाई घेरेर रोके र सुनसान स्थानमा लगेर श्रीमानको सामुन्ने नै बलात्कार गरेका थिए । बीबीसीकाे अनुसार उनीहरूले बलात्कार गरेकाे र श्रीमानमाथि निर्घात कुटपिट गरेकाे भिडियाे समेत बनाएका छन् । अहिले उक्त भिडियाे भाइरल बन्दै गएकाे छ । यस विषयमा दलित संगठनले अलवरको थानामा प्रदर्शन पनि गरेका छन् ।

बलात्कार गरेकाे आराेपमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ भने चार जनाकाे खाेजी भइरहेकाे छ । लोकसभा चुनावका कारण पुलिसले यो घटनालाई थुप्रै दिनसम्म लुकाएर राखेकाे दलित संगठनले आराेप लगाएकाे छ । घटना अप्रिल २६ को बताइएकाे छ। भिडियो भाइरल गरिदिने चेतावनी दिएकाले पीडित दम्पत्तीले यसबारे मुख खोल्ने हिम्मत नगरे दलित संगठनकाे दाबी छ । दलित संगठनले मंगलबार पनि प्रदर्शन गर्दै राष्ट्रिय राजमार्ग समेत अवरूद्ध पारे । त्यसपछि पुलिस सक्रिय भएर एक अभियुक्तलाई पक्राउ गर्‍यो । राज्यका पुलिस महानिर्देशक कपिल गर्गले पत्रकार सम्मेलनमा घटनामा पाँचजनाको संलग्नता देखिएको र अभियुक्तको खोजीमा १४ समूह गठन गरिएको जानकारी दिए । पीडितको मेडिकल एवं फरेन्सिक जाँच पनि भइरहेको उनले जानकारी दिए । सिधा अनलाईन खबरबाट