आयोजकका दृष्टिमा नेजाको ड्यालस साधारण सभा – विकास राज न्यौपाने

कुटाकुटको हल्ला बीचको यथार्थता, डिबेटमा भएको यसो हो

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १३ औं साधारण सभामा सहभागी भएर होमस्टेट भर्जिनिया फर्किएपछि संस्थापक अध्यक्ष गिरिश पोखरेलले फोन गरेर भन्नुभयो–‘नेजाको इतिहासमै भव्य रुपमा सम्मेलन सम्पन्न भएको छ । तपाईहरुलाई धन्यवाद । आउँदा दिनहरुमा यस्तै भव्य सम्मेलन गर्न निकै दवाव पुग्नेछ ।’

सम्मेलनमा अमेरिकाको पूर्बी शहर बोस्टनदेखि पश्चिमी शहर लसएन्जलस, सानफ्रान्सिस्कोसम्मका पत्रकार साथीहरुको सहभागिता रह्यो । हामीले यसपटक साधारण सभालाई पारिबारिक भ्याकेसन बनाउने पहल पनि गर्यैा । धेरै सहभागी साथीहरुले ड्यालसदेखि डेढसय माइल टाढाको ओक्लाहोमासम्म पुगेर नयाँ अनुभव पनि लिनुभयो । बाघको डमरुलाई हातमा खेलाएको भिडियो र तस्विर सामाजीक सञ्जालहरुमा भाइरलै भयो ।

अग्रजहरुबाट अनुभव सुन्ने, अमेरिकाको नेपाली समुदायलाई अघि बढाउने एजेण्डाका विषयमा एनआरएनएका उम्मेदवारहरुसँग अन्तरकृया, पत्रकारहरुका लागि मिडिया सेसन जुन रुपले प्रस्तुत हामीले गर्यौ त्यस्तो खालको कार्य नेजाको इतिहासमा पहिलो पटक देखिएको सहभागीहरुकै प्रतिकृया थियो ।

आयोजकका हिसाबले भन्नुपर्दा ड्यालसमा साधारण सभा गर्ने निर्णयदेखिनै व्यक्तिगत रुपमा म, सचिव सुरज भण्डारी र क्षेत्रीय संयोजक रामचन्द्र भट्टलाई निकै ठूलो दवाव परेको थियो । ड्यालस भन्नासाथ अमेरिकामा सबैभन्दा बढी नेपालीहरु रहेको स्थान, नेपाली भाषा, धर्मसंस्कृतिको लागि एकजुट भएर अघि बढेको स्थानका रुपमा समेत यसको चिनारी छ । थपमा अमेरिकाका ५० वटै राज्यहरुमध्य सबैभन्दा स्थापित, व्ययसायीहरु रहेको स्थानको रुपमा समेत ड्यालसले आफ्नो परिचय बनाएको तथ्यलाई बढाई चढाई गर्नै पर्दैन ।

साधारण सभाको मिति आउनुभन्दा दुई महिना अघिदेखि हामी बढ्ता तात्न थालेका हौँ । साधारण सभा भन्ने बित्तिकै बजेटको कुरा आउँछ । हामीले मात्र पकेटबाट राखेर यो संभव थिएन । नत नेजानै आर्थिक रुपमा त्यति बलियो संस्था हो, जस्ले सहभागीहरुको दुई दिने बसाईको खर्च व्यहोर्न सक्ने हैसियत छ ।

हामीले सुरुमा साधारण सभा ड्यालसमा हुन लागेको विषयमा मन्दिर व्यबस्थापन समिति (नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र) सँग सल्लाह गर्यौँ । किन मन्दिर व्यबस्थापन समितिसँग पहिलो छलफल भने, समितिमा अध्यक्ष रहनुभएका सुरेशचन्द्र पोखरेल नेपालमा लामो समय पत्रकारिता गरेर खारिएर आउनुभएको व्यक्तित्व हुनुहुन्छ । उहाँ नेजाको संस्थापकमध्यकै पनि एक हुनुहुन्छ । दोस्रो मन्दिर बोर्ड अफ ट्रष्टीका अध्यक्ष विनय अर्याल पनि त्यत्तिकै सहयोगी र मिडियालाई राम्रोसँग बुझेको व्यक्तित्व हुनुहुन्छ ।

उहाँहरु लगायत मन्दिर व्यबस्थापन समितिका सदस्यहरुले निकै सकारात्मक प्रतिकृया दिनुभयो । उहाँहरुले एक छाक लञ्च मन्दिरमा गराउने र अघिपछिभन्दा खानाका परिकारहरु थप्ने वचन पनि दिनुभयो । थपमा आर्थिक सहयोग संकलनमा सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

हामीले संभावित सहयोगदाताहरुको एउटा रोष्टर तयार पा¥यौँ । यो सूचिमा व्यबसायीदेखि लिएर समाजसेवी समेत हुनुुहुन्थ्यो । उहाँहरुलाई सहयोग माग्दै हातहातै पत्र थमायौँ ।

युलेसकै गोर्खा रेष्टुरेन्टमा हामीले नेजाका सदस्य भैसक्नुभएका र नभएका समेत पत्रकार साथीहरु बीच छलफल कार्यक्रम पनि राख्यौँ । भेलामा ड्यालसमा रहनुभएका शैलेश आचार्यदेखि संजय घिमिरे, सुरेशचन्द्र पोखरेलसम्म, सूर्य थापादेखि शिव शर्मासम्म, श्रद्धा अधिकारीदेखि लिएर सोफिन थापासम्म, विजयराज भट्टराईदेखि लिएर लेखनाथ गौतमसम्म एक दर्जन हाराहारीमा हामी सहभागी भएर तयारीका विषयमा छलफल ग¥यौँ । एनआरएनका मिडिया को–अर्डिनेटर बाल जोशी सहभागी हुन नसक्नु भएपनि उहाँले सबै खालको सहयोगको वचन दिनुभयो ।

ड्यालसमा नेजाको साधारण सभा पहिलो पटक हुँदैथियो । यसअघि सन् २०१४ मा टेक्ससकै ह्युस्टनमा अधिवेशन भएको थियो । त्यतिखेरको अधिवेशनका आयोजक तारा बराल र बिटु केसी बरालले अतिनै व्यबस्थित साथ कार्यक्रम सम्पन्न गर्नुभएको थियो । त्यो निरन्तरतालाई यसपटक पनि टेक्ससले दिनुपर्ने दवाव हामीमाथि थियो ।

जसरी चिउरा भिज्नका लागि भएमा दही, दुध, मोही र नभएमा पानी भएपनि चाहिन्छ । त्यसैगरि कार्यक्रम गर्नका लागि अन्य जतिसुकै आदर्शका कुरा गरेपनि आर्थिक स्रोतको अहम भूमिका हुन्छ । आर्थिक स्रोत बिना नत कार्यक्रम भव्य गर्ननै सकिन्छ, नत सहभागीहरुलाई खुशी र सन्तुष्ट तुल्याउनै सकिन्छ ।

त्यसो हुँदा हामीले आर्थिक स्रोत संकलनका लागि पहिले पत्र पठाइसकेकाहरुलाई फलो–अप गर्न थाल्यौँ । फोनबाट हुन्छ कि मेसेज गरेर हुन्छ उहाँहरुलाई सम्झाउने काम सुरु भयो । थपमा नयाँ संभावित सहयोगदाताहरुको सूचि पनि तयार गरेर भेट्ने, पत्र थमाउने कामलाई जारी राख्यौँ हामीले ।

त्यस क्रममा सचिव सुरज भण्डारी र क्षेत्रीय संयोजक रामचन्द्र भट्टको सकृयता र खटाई पनि त्यत्तिकै रह्यो । पत्रकारिताको दौरानमा मैले अहिले सम्म कसैसँग आर्थिक सहयोग मागेको थिइन। तर यसपटक नेजाका लागि मुखै खोलेर माग्नुपर्ने अवस्था थियो । कार्यक्रम भव्य र सभ्य ढंगमा गर्न सकियो भने ड्यालसको नेपाली समुदायको इज्जत र प्रतिष्ठामा एउटा अर्को इट्टा थप गर्न सकिने निश्चित थियो । यही तथ्यलाई उल्लेख गर्दै हामीले व्यबसायी, समाजसेवीहरुको ढोका ढक्ढकायौँ, फोनमा लगातार घण्टी बजाायौँ ।

हामीले कसैलाई पनि दवाव दिएनौँ चन्दाका लागि । पत्र पठाइसकेपछि अर्को पटक फोनबाट स्मरण गरायौँ । त्यसपछि कतिपयले मन्दिरमा भेटेर त कतिले आफ्नो कार्यालयमा बोलाएर, कतिले कोही मार्फत चेक वा नगद पठाएर सहयोग गर्नुभएको छ । दुई पटकको अनुरोधमा जसजस्ले दिनुभयो हामीले स्विकार ग¥यौँ । तेस्रो पटक कसैलाई पनि अनुरोध गरेनौँ । किनकी यसो गर्दा दवाव दिएको ठहथ्र्यो ।

मिडिया चाहिन्छ, मिडिया पनि समाजकै सहयोगी अंग हो भन्ने जसले महसुस गर्नुभयो उहाँहरुले कार्यक्रम सफलताको लागि अन्य सहयोग गर्न सकिन्छ भने पनि तयार भएको उल्लेख गर्दै चेक, नगद प्रदान गर्नुभयो ।

आफ्नो संस्थाको कार्यक्रम हुँदा जसरी पनि आइदिन अनुनय, विनय गर्ने तर परेको बेलामा कस्ले सहयोग गर्ने रहेछन् भन्ने कुरा पनि यसपटक राम्रोसँग बुझ्ने र मान्छे चिन्ने अवसर पनि मिल्यो । धनले धनीमात्र नभएर मनले पनि धनीहरु ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा धेरै नेपाली छन् । उहाँहरुको सहयोग नभएको भए यो कार्यक्रम यति शानदार रुपमा हुनै सक्दैनथियो ।

हामीलाई कार्यक्रमको लागि कम्तिमा एकसयदेखि लिएर बढीमा दुईहजार डलरसम्म सहयोग गर्नेहरु धेरै छन् । नामै लिनुपर्दा एनआरएन अमेरिकाजका क्षेत्रीय संयोजक गौरीराज जोशीदेखि लिएर दिपेश श्रेष्ठ, यमुना भट्टराईदेखि लिएर हरिबोल भण्डारीसम्म, सुनिल शाहदेखि लिएर सुमन थापासम्म, भीम कार्कीदेखि लिएर विकल ढकालसम्म, गोपाल शाहदेखि निरज श्रेष्ठसम्म, प्रविण घिमिरेदेखि निरज पन्तसम्म, डा. मुरली अधिकारीदेखि बासु÷कृष्ण भण्डारीसम्म, राम सी पोखरेलदेखि अमृत सापकोटासम्म, सुवर्ण पोखरेलदेखि रमेश पौडेलसम्म, राजेश अर्यालदेखि आनन्द फुयाँलसम्म केही नामहरु यस्ता छन् जसको सहयोग नभएको भए कार्यक्रम शायदै हुन्थेन।

ह्युसटनदेखि ज्ञानेश्वर श्रेष्ठ, दिनकर अमात्यको सहयोगले हामीलाई टेक्सनहरु एकजुट छौँ भन्ने पुष्टी गरेको छ ।

सहयोगको चेक लिएर अस्टिनदेखि हेम पाठक आउनुभयो। त्यस्तै संस्थागत रुपमा नेप्लिज अमेरिकन चेम्बरदेखि लिएर ग्रेटर अस्टिन सोसाइटी, सामाजीक सञ्जाल सगुनको सहयोग प्रति हामी आभारी छौ ।

अोक्लाहोमामा नेजा सदस्यहरूका लागि एनअारएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर अमृतबाबु कट्टेलले दर्शाउनुभएको अातिथ्यताका लागि नेजा हार्दिक अाभार व्यक्त गर्दछ । उहाँको सहयोग बिना साथीहरूले त्यहाँ रमाइलो महसुस गर्न संभव थिएन ।

यसपटक नेजाको साधारण सभा कर्मकाण्डी पाराको मात्र भएन । शुक्रबार आउनुभएका साथीहरुलाई ओक्लाहोमासम्मको टुरमात्र भएन कि आइतबार साँझ मिडीया सेसन राखिएको थियो । जसमा प्रवासको नेपाली मिडियाको अवस्थाका बारेमा पनि वरिष्ठ पत्रकार किशोर नेपाल लगायत अमेरिकामा रहनुभएका राजेश मिश्र, गिरिश पोखरेल र विजय घिमिरेले चीरफार गर्नुभयो । त्यस लगत्तै मध्यरातसम्म गजल, गीत संगीतका कार्यक्रमहरु समेत थियो । जसले गर्दा पत्रकारहरुका परिवारमा पनि मिक्स–अप हुने, रमाइलो वातावरणको सिर्जना गरिएको थियो ।

ड्यालस फोर्टवर्थ क्षेत्रमा गजल क्षेत्रमा उदीयमान दुई बासुपुष्पा अधिकारी र पवन लामिछानेले एउटै अनुरोधमा जुन प्रकारको हार्दिकता देखाएर एक घण्टासम्म निरन्तर गजल प्रस्तुत गर्नुभयो त्यसप्रति नेजा आभारमात्र व्यक्त गर्दैन ऋणी पनि भएको छ । त्यस्तै गायकहरु भीम चापागाई, रामप्रसाद खनालको प्रस्तुतीले पनि अतिनै मनोरञ्जन प्रदान गरेको थियो । स्थानीय कलाकारहरु रमेश पौडेल र भुपेन्द्र न्यौपानेको प्रस्तुतिले कार्यक्रमलाई त्यत्तिकै रौनकता दिएको थियो ।

शुक्रबारदेखि आउनुभएका साथीहरुका लागि तीन दिनसम्म कुनै बोरिङ र अप्ठेरो अनुभव हुन हामीले दिएनौ । पुरै व्यस्त राख्न हामी सफल भयौँ ।

हुनतः अमेरिकामा एउटा भनाई छ–एभ्रिथिङ्स इज बिगर इन टेक्सस (टेक्ससमा सबै कुरा ठूला हुन्छन्) । अन्य राज्यहरुमा बस्नेको भन्दा टेक्ससमा बस्नेको मन पनि ठूलो छ, उदारता पनि त्यत्तिकै छ । कार्यक्रम पनि भव्य रुपमा हुन्छन् । त्यही ठूलोले गर्दा कार्यक्रममा कुनै पनि प्रकारको असुविधा, अप्ठेरो, अभाव हुन दिएनौ हामीले । नत भातको निहुँमा झगडा गर्नुपर्ने अवस्था निम्तियो, नत राति मध्यरातसम्म होटलका कोठा नपाएर भाैतारिनुपर्ने दुःख हामीले दियैाँ ।

नेजाको इतिहासमा अभावरहित र दवावरहित रुपमा कार्यक्रम सम्पन्न भएको सहभागीहरुको प्रतिकृयाले हामीले दुई महिनादेखि गरेको निरन्तर मेहनत अनि थकाई, तनाव यतिखेर सन्तुष्टी र खुशीमा परिणत भएको छ ।

सहभागी हुनुभएका साथीहरु सबै धन्यवादका पात्र हुनुहुन्छ । जो जो साथीहरु आउन सक्नुभएन, उहाँहरुले ड्यालसले गरेको एउटा मेगा इभेन्ट छुटाउनुभएको छ । १० महिना अघि सियाटल अधिवेशनबाट निर्वाचिन भएपछि हामीले एउटा प्रतिवद्धता जाहेर गरेका थियौँ–‘सके नेजाको इज्जत प्रतिष्ठा बढ्ने काममा २/४ वटा इट्टा थप्छौँ । त्यो गर्न नभ्याएमा संस्थाको गरिमा र प्रतिष्ठामा आँच आउने कुनै काम हुन दिने छैनौँ ।’

हामीले झुक्नुपर्ने भन्दा बढी झुकेर साथीहरूलाइ अामन्त्रण गरेका थियैाँ । संस्थालाइ मायाँ गर्नेहरू अाउनुभयो, अाउन नभ्याउनेहरूले सामाजीक सञ्जालबाटै भएपनि शूभकामना दिनुभयो । संस्थाहरू भनेका झगडा र वादविवाद गर्ने थलो होइनन्, अापसमा मिल्ने अाधारथलो हुन् । हामी सुरूदेखिनै यही विचारमा अडीग छैाँ ।

नेजाबाट विरक्तिएर बाहिरिनुभएका धेरे अग्रजहरू यसपटक हामीलाइ मायाँ गर्दै अाउनुभयो । विशेष रूपमा शेखर ढुंगेल, रामप्रसाद खनाल, शैलेश श्रेष्ठ, राजेश मिश्र जस्ता नेपाली पत्रकारिता र लेखनमा लामो इतिहास बोक्नुभएका अग्रजहरूको सहभागिताले हामीलाइ गर्व गराएको छ । हामीबाट कमि कमजोरी भएको छ भने माफी माग्न लाज र अप्ठेरो मान्दैनैाँ । संस्थालाइ बलियो बनाउने मामिलामा हामी हदैसम्म झुक्न र निहुरिन तयार छैाँ । त्यही अभियानमा हामी विगतदेखि विरक्तिएका साथीहरूलाइ फेरि ल्याएर नेजा बलियो बनाउने अभियानमा निरन्तर लागेकै छैाँ ।

डिबेटमा भएको यसो होः

झण्डै तीन दिनसम्म ड्यालस पुरै नेजामय भयो । अमेरिकाका बिभिन्न राज्यबाट आएका नेपालीहरुको मुखमुखमा नेजा झुण्डिएको थियो । एनआरएनको अन्तरकृयामा अध्यक्षका तीनैजना प्रत्याशीमात्र नभएर बोर्ड अफ डाइरेक्टरका उम्मेदवारहरु समेत ड्यालस ओइरिनुभएको थियो । नेजाप्रति आशा र भरोसा, अनि विश्वास लिएर उहाँहरु आउनुभएको थियो । त्यही भएर पनि हामीले प्रेसिडेन्सिल डिबेटमा सबैलाई बोल्ने अवसर दिने निधो गरेका हौँ ।

आइतबार नेपाली मन्दिरमा एनआरएनको प्रेसिडेन्सिल डिबेटमा भएको एउटा सामान्य कुरा अहिले संसारभरिका नेपाली समुदायमा भाइरल भएको छ । कुटाकुट, हात हालाहाल, मारामार भन्ने जस्ता शिर्षकमा हावादारी समाचारहरु फैलिएका छन् ।

भएको के त ? अमेरिकामा हात हालाहाल सामान्य कुरा होइन । जसले हात छोड्छ उसले जीवनभरि दुःख पाउँछ । अर्थात कानुनको नजरमा उसले कुनै पनि हालतमा छुटकारा पाउँदैन । त्यसो हुँदा हात हालाहाल होइन । भिडियोमै हेर्दा पनि प्रष्ट हुन्छ कि आफ्नो नाम अध्यक्षका उम्मेदवार सुनिल शाहले लिएपछि एक जनाले आफुले पनि बोल्न पाउन पर्छ भनेर कराएका मात्र हुन् ।

हामीले सुरुमै नियममा सुनाइका थियौँ–कुनै उम्मेदवार प्रति जिज्ञासा, प्रश्न भएमा सहभागीहरुले लिखित रुपमा मात्र प्रश्न गर्न पाउनुहुनेछ । आचार संहितामै यो स्पष्ट भनिएको थियो । उम्मेदवारभन्दा बाहेक फ्लोरमा बस्ने कसैलाई पनि माइक दिनेगरि कार्यक्रम तय भएकै थिएन । त्यसो हुँदा ती सहभागीले माइक पाउनुपर्छ भन्दै चर्को स्वरमा कराएको कुरालाई लिएर तीललाई पहाड बनाईको मात्र हो । चियाको कपमा तुफान ल्याउन खोजेर काम छैन ।

हामीले ४ घण्टाको लागि भनेर हल भाडामा लिएका थियैाँ । समय सकिनै लागेको थियो । अर्कातिर फिस्टेल रेस्टुरामा मिडिया सेसन सुरू हुन अाँटिसकेको थियो । कार्यक्रम लम्बाउने अवस्थामा हामी थिएनैाँ ।

कार्यक्रमको अधिकांश समय हल बाहिर बसेर हल्लैमात्र गर्नुभएका उहाँलाई हामी आयोजकहरु र केही सहभागीहरुले विनम्रतापूर्बक बस्न आग्रह गरेका हौँ । त्यतिखेर उहाँ उत्तेजित हुनुभएको मात्र हो । अमेरिकामा कुटपिट भन्ने कुरा हुनै सक्दैन । यो नेपाल होइन कि हात हालाहाल भैहाल्ने ।

अर्को बडो हाँसो लाग्दो जिज्ञासा पनि उठेको छ । त्यो हो–अध्यक्षका प्रत्याशी तीनजनाको सिटको सन्दर्भमा ।

हलको बनोट, स्टेजको अवस्था, लाइटको संयोजन, व्यानरमा भएको तस्विर जस्ता कुरालाई विचार गरेर दुई जना उम्मेदवारहरु एकातिर र एकजना अर्कोतिर पर्नुभएको हो । पोडिएमलाई बीचमा राख्ने गरि कार्यक्रम गर्दा राम्रो देखिने भन्ने सहभागीहरुकै सुझावलाई दृष्टिगत गरेर बनाइएको थियो । त्यसमा कुनै विवाद गर्नु आवश्यक छैन ।

अन्तिममा, नेजाले गरेका सबै कार्यक्रमहरुमा सकृय सहभागी हुनुहुने सबैमा हार्दिक आभारी छौँ हामी । विशेषगरि अग्रज पत्रकार किशोर नेपालको उपस्थितीले कार्यक्रम निकै ओजिलो बन्यो ।

कार्यक्रमलाई सफल वनाउन सहयोग गर्नु हुने नेजाका रामचन्द्र भट्ट, सुरज भण्डारी, सञ्जय घिमिरे, शैलेश आचार्य, बिटु केसी, सुर्य थापा, लेखनाथ गौतम, होम लम्साल, सुजन पण्डित, शिव शर्मा, भोजबहादुर बलायर, तारा रावल, श्रद्धा अधिकारी, पुजा पराजुली, विमल बराल, शरण श्रेष्ठ, बद्री लामिछोन, केशव रेग्मी, बाबुराम दाहाल, बाल जोशी, टंक काफ्ले, भीषण न्यौपाने, विशाल शर्मा, किशन रेग्मी, महेन्द्र पौड्याल, भुपेन्द्र न्यौपाने, तारा बराल, भोला आचार्य, सुरेश चन्द्र पोखरेल, बिजय घिमिरे, नारायण पुरी, केदार तिमिल्सिनाको सकृयता र सहयोगको जतिसुकै प्रशंसा गरेपनि कमै हुन्छ ।

खाना र खाजाका लागि तोकिएको समयभन्दा एक मिनेट पनि ढिला नगरि व्यबस्थापन गरिदिने सुपरिचित फिस्टेल रेस्टुँराको व्यबस्थापन र अझै विशेषगरि त्यसका सञ्चालक चिन्तामणि बरालप्रति हामी निकै अाभारी छैाँ ।

र, अन्त्यमा एउटा अर्को प्रतिवद्धता पनि । साधारण सभाका लागि हामीलाइ कस्ले कति कति सहयोग गर्नुभयो, कहाँ कति खर्च भयो भन्ने विषयमा एक साताभित्र अायव्यय विवरण पुरै सार्वजनिक गर्नेछैाँ । ५१ डलर दिनेको नाम पनि सार्वजनिक हुनेछ र २ हजार डलर दिनेको पनि । किनकी हामी पत्रकारहरू पारदर्शी भएनैा र हुन सकेनैा भने अरूका संस्था प्रति अाैला ठड्याउने नैतिकता हामीसँग रहनेछैन ।