चिनियाँ अर्बपतिले छोरी भर्ना गर्न तिरे साढे ७३ करोड

चीनका एक अर्बपतिको परिवारले छोरी युसी झाओलाई स्ट्यानफोर्ड युनिभर्सिटीमा भर्ना गर्नका लागि कन्सल्टेन्टलाई ६५ लाख डलर अर्थात् ७३ करोड ४५ लाख रुपैयाँ बुझाएका छन् । उपलब्ध जानकारीअनुसार युसी झाओ चीनका अर्बपति झाओ ताओका छोरी हुन् । ताओ सेनडोङ बुचङ फर्मा कम्पनीका अध्यक्ष हुन् ।
झओकी आमाले आफ्नो वकिलको माध्यमबाट कलेज कन्सल्टेन्ट विलियम रिक सिङरको आपूm धोकाघडीको सिकार भएको बताएकी छन् । उनले आपूmले युनिभर्सिटीलाई चन्दा दिइरहेको र यो आवश्यक ठानिएका मानिसले पढ्न पाउने ठानेकी थिइन् ।

कन्सल्टेन्ट सिङर अमेरिकाको सर्वाधिक ठूलो कलेज एडमिसन घोटालाका प्रमुख आरोपी हुन् । यो वर्षको मार्चमा उक्त घोटालाको खुलासा भएको थियो । सिङ्गर र उनका सहयोगी धोकाघडी तथा षड्यन्त्र रच्ने विषयमा दोषी पाइएका छन् । यसै महिना सजायको घोषणा गरिने भएको छ । सिङगरले आफुले चाहेको कलेजमा भर्ना गराउनका लागि विद्यार्थीको परिवारबाट ठूलो धनराशि लिएका थिए । चन्दाको रकम कलेज कर्मचारीको तलब, छात्रवृत्ति तथा खेलकुदमा खर्च गरिनेछ भनेर उनले भूmट बोलेका थिए ।
झाओको परिवारमाथि कुनै आरोप लगाइएको छैन । अदालतको दस्तावेजमा पनि उनका कुनै नाम लिइएको छैन । तर, मार्चमा आरोपीलाई गिरफ्तार गरिएपछि अमेरिकी वकिलले एक परिवारले आरोपीलाई ६५ लाख डलर दिएको बताएका थिए । यो घोटालाबाट सम्बन्धित कुनै छात्रको परिवारले दिइएको सबै भन्दा ठूलो रकमको खुलासा भएको छ । अब यो खुलासा भएको छ कि उनी झाओको परिवारको सदस्य थिइन् ।
अमेरिकी एजेन्सी एफबीआईले यो मामिलामा ५० मानिसलाई गिरफ्तार गरेको छ । यसमा ३३ परिवार रहेका छन्, जसमध्ये कोइ सेलेब्रिटिज, हाइ–प्रोफाइल वकिल, लगानीकर्ता र धनी व्यक्ति समावेश छन् । यी मानिसले आफ्नो मन परेको कलेजमा बच्चालाई भर्ना गर्नका लागि लाखौं डलर खर्च गरेका छन् ।एजेन्सी