पत्रकार पन्थीको पुस्तक ‘कम्पन’को दोश्रो संस्करण न्युयोर्कबाट लोकारर्पण

न्युयोर्क, अमेरिका ।

पत्रकार किशोर पन्थीबाट लिखित पुस्तक कम्पनको दोश्रो संस्करण न्युयोर्कबाट लोकारर्पण गरिएको छ । न्युयोर्कको ज्याक्सनहाइटमा रहेको मुस्ताङ थकाली किचनमा आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो ।

नेपाल सरकारका महावाणिज्यदूत पुष्पराज भट्टराई, बरिष्ठ पत्रकार किशोर नेपाल, कम्पनका पात्र तथा सामाजिक अभियन्ता डाक्टर बिष्णुमाया परियार, नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट, कानुनविद् तथा पुस्तकका पात्र खगेन्द्र जीसी र सामाजिक व्यक्तित्व डाक्टर विनोद शाहले पुस्तकको लोकार्पण गर्नुभयो । न्युयोर्कमा रहेका नेपालीहरु र विभिन्न संघ संस्थाका व्यक्तित्वबीच पुस्तकको लोकार्पण गरिएको हो ।