भारतसँग नेपाल २–० ले पराजित

जेठ २३,
विश्वकप छनौटको तयारीका रूपमा भारतसँग खेलको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले हारेको छ । मुम्बईको अँधेरीमा भर्खरै सकिएको खेलमा भारतले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा नेपालले दोस्रो हाफमा आफ्नो पोस्ट जोगाउन सकेन । कप्तान विराज महर्जनले ७३औं मिनेटमा रातो कार्ड पाएपछि अन्तिम १७ मिनेटको खेल नेपालले १० खेलाडीमा सीमित भएर खेल्यो ।

नेपालविरुद्ध ६१ मिनेटमा सन्देश झिन्गानले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । कप्तान विराज रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ५ मिनेटभित्र नेपालले अर्को गोल खाएको थियो । दोस्रो गोल ७८ मिनेटमा जेजे लालपेखलुवाले गरेका थिए ।

नेपाली स्ट्राइकर नवयुग श्रेष्ठले पहिलो हाफको अन्तिममा गोलको निकै राम्रो अवसर पाएका थिए । तर, उनी त्यो अवसरबाट चुकेपछि त्यसपछि खेलमा नेपालले उति गतिलो आक्रमण नै बुन्न सकेन । अन्ततः जित्ने लक्ष्यसहित भारत पुगेको नेपाल पराजित भयो ।

गतवर्ष भारतलाई उसकै मैदानमा हराएएर नेपालले सागमा स्वर्ण जितेको थियो । त्यसपछि भएको पहिलो खेलमा नेपाल भारतसँग पराजित हुन पुग्यो ।