राजपाले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने

काठमाडौँ २८ जेठ – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आमहड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

असार १४ गते निर्धारित चुनावलाई लक्षित गर्दै राजपाले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ ।

आन्दोलनका कार्यक्रम सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राजपा नेता राजेन्द्र महतोले सरकारसाग वार्ताको औचित्य सकिएको बताए ।

राजपाको आन्दोलन कार्यक्रम

– जेठ २९ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने ।

– जेठ ३०, ३१ र असार १ र २ गते थरुहट, मधेस र लिम्बुवान बन्द गर्ने ।

-जेठ ३० र ३१ गते गाउँपालिका नगरपालिकाहरुमा चुनावको विरोधमा माइकिङ गर्ने ।

-असार १ गते विभिन्न चोक र चौराहामा खबरदारी सभाका साथै शहीदहरुको तस्वीरमा माल्यार्पण गर्ने ।

-असार २ गते गाउँपालिका नगरपालिकाहरुमा निर्वाचन केन्द्रको कार्यालयमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने ।

-असार ३ र ४ गते शहीदहरुको तस्वीर प्रदर्शन गर्ने ।

-असार ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने ।

-असार ६ गतेदेखि १४ गतेसम्म निर्वाचनसम्बन्धी कार्याक्रमहरुमा अवरोध पुर्‍याउने ।

-असार ८ गते जिल्ला सदरमुकामहरुमा मोटरसाइकल र्‍याली निकाल्ने ।

-असार १० गतेदेखि अनिश्चितकालीन आम हडताल गर्ने ।