नेकपाले ५५ प्रतिशत मतमात्र पाएको हाे, दुईतिहाइको घमण्ड नगरौंः माधव नेपाल

जेठ १ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तेस्रो वरीयताका नेता माधवकुमार नेपालले नेकपाले ५५ प्रतिशत मतमात्रै गत निर्वाचनमा पाएकाले दुईतिहाइको घमण्ड गर्नु नहुने धारणा राखेका छन् ।

पार्टी निकट युवा संगठनको २९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेकपाले दुईतिहाइ मत ल्याउन बाँकी रहेको भन्दै जनताका कुरा सुन्न र सुख–दुःख बुझ्न पार्टी नेतृत्वलाई सुझाव दिए । उनले कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई अध्ययन, चिन्तन गर्न अनुरोधसमेत गरे। नेता नेपालले भने ‘ख्याल गर्नुहोला हामीले जनताको ५५ प्रतिशत मात्रै मत पाएका हौं दुई तिहाइ होइन,‘धेरै जनताको मन जित्न बाँकी नै छ ।’