ब्रायरलाई २ अर्ब डलर क्षतिपूर्ति तिर्न अमेरिकी अदालतको निर्देशन

वाशिङ्टन डीसी (अमेरिका) । जर्मन औषधि निर्माता कम्पनी बायरलाई अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित अदालतले २ अर्ब डलरभन्दा क्षतिपूर्ति तिर्न निर्देशन दिएको छ । कम्पनीको उत्पादन प्रयोग गरेपछि क्यान्सर भएको दाबीसहित अदालत पुगेका दम्पतीलाई उक्त क्षतिपूर्ति दिन अदालतले निर्देशन दिएको हो । कम्पनीको उत्पादन प्रयोग गरेपछि क्यान्सरका केही संकेत देखिएपछि कम्पनीमाथि मुद्दा दायर गरिएको थियो ।

कम्पनीको अनावश्यक झार मार्न प्रयोग हुने राउन्डअप उत्पादनका कारण क्यान्सरको समस्या देखिएको बताइएको छ । यससँगै मंगलवार कम्पनीको शेयरमूल्य ५ दशलमव ९ प्रतिशत घटेको छ । आनो उत्पादनको विषयमा क्यान्सरको जोखिम रहेको बारे कम्पनीले राम्रोसँग उल्लेख नगरेको अदालतले ठहर गरेको छ । बायरले भने सबै आरोप अस्वीकार गर्दै आएको छ । उसले आनो उत्पादन प्रयोगको हिसाबले सुरक्षित रहेको दाबी गरेको छ । एजेन्सी