मातृभूमि चिनाउन ‘नेपाल डे परेड’

विष्णुप्रसाद पौडेल
न्युयोर्क
संसारकै ठूलो र आकर्षक व्यापारिक केन्द्र म्यानहटनमा नेपाली संस्कृति र पहिचान देखाएर पर्यटक लोभ्याउने हेतु राखेर नेपाल डे परेड बषै बिच्छे गर्न गरिएको छ । न्युयोर्कस्थित नेपाली संघसंस्थाले यहाँको नेपाली महावाणिज्य दूतावासको समेत साथ र समर्थन लिएर कार्यक्रम तय गरेको छ । नेपालीको तर्फबाट यसपटक गर्ने लागिएको नेपाल डे परेड चौथो रहेको छ ।

अन्तर्राष्ट्रिय जगतमा नेपाली संस्कृति र प्राकृतिक दृश्यहरुको प्रचार गर्ने उद्देश्य राखेर गरिने कार्यक्रम मे १९ आईतबार का लागि तय गरिएको छ । चार बर्ष अगाडी नेपालको गणतन्त्र दिवस जेठ १५ छेको पारेर शुरुवात गरिएको नेपाल डे परेडका अगुवा लुइसाङ वाइबा तामाङ बताँउछन् । यस बर्ष भने नेपाल डे परेड मे १९ लाई कार्यक्रम तय गरिएको हो । नेपाल डे परेड २०१९ का संयोजक सतेन्द्र शाहाका अनुसार यस परेडका लागी प्रमाुख अतिथिको रुपमा न्युयोर्क सिटीको कमप्टोलर Scott Stringer लाई निम्तो दिएको बताँएका छन् ।
यहाँका स्थानीय सरकारदेखि संघीय सरकारसम्मलाई नेपालीहरु यति धेरै रहेछन् है भन्ने देखाएर नेपालीका समस्या पनि सम्बोधन गरिनुपर्छ भन्ने बोध गराउने सन्देश दिनु पनि कार्यक्रमको लक्ष्य सगै अर्काेतर्फ नेपालको पर्यटन र व्यापार प्रवद्र्धनमा भूमिका खेल्नु कार्यक्रमको उद्देश्य रहेको छ ।

न्युयोर्क स्थिित म्यानहटनको सडकमा संसारभरिका मान्छेहरुले देख्ने गरी नेपाल सगरमाथाको देश, बुद्धको देश र बहुजाति एवं संस्कृति एवं सुन्दर प्रकृतिले सजिएको देश भनेर चिनाउनु पनि नेपालको लागी गर्ब गर्ने लायक पर्बको रुपमा लिएको छ ।

अमेरिकाका सबै नेपाली र संघसंस्थाको साझा कार्यक्रम भएकले हिमाल देखी तराईसम्म अनि पुर्ब मेची देखी पश्यिम महाकाली सम्मका छरिएर रहेका बिभिन्न जनजातिहरुका २१ बटा सहितको बिशाल सास्कृतिक झाँकी हरु प्रस्तुत हुने झाँकी संयोजक आङ जाङ्बु शेर्पा ले बताँएका छन् ।
मेडिसन एभेन्यु को ३८ स्ट्रिटबाट शुरु भएर २४ स्ट्रिटमा गएर बिशेष कार्यक्रम सहित बिर्सजन हुने छ । चार बर्ष देखि शुरुवात भएको नेपाल डे परेडका पुर्ब कन्भेनरको रुपमा लुइसाङ वाइबा तामाङ , मंगलदास श्रेष्ठ, रबिकिरण कोइराला र हाल सतेन्द्र शाहा रहेका छन् ।