अमेरिकाविरुद्ध चीनले प्रयोग गर्न सक्ने हतियार

जेठ ३,
अमेरिकी भन्सार शुल्क वृद्धिको पछिल्लो बदलाका रूपमा चीनले जुन १ देखि लागू हुने गरी ६० अर्ब डलरका सामग्रीमा शुल्क वृद्धि गरेको छ । व्यापारयुद्धमा यो चीनको तल्लो तहको हतियार हो ।
चीनले अमेरिकामा निर्यात गर्ने भन्दा ४ गुणा कम सामग्री मात्रै अमेरिकाबाट आयत गर्दै आएको छ । बेइजिङले पहिले नै अमेरिकाबाट आयात हुने १ सय २० अर्ब डलरका सामग्रीमध्ये १ सय १० अर्ब डलरका सामग्रीमा शुल्क लगाइसकेको छ । योबाहेक के–के छन् त अमेरिकाविरुद्धमा चीनका विकल्पहरू ?

शुल्कको लडाइँ
“शुल्क आफैलाई घाइते बनाउने घाउ हो । तपाईंले आफ्नै उत्पादनमा आयात लागत वृद्धि गरिरहनुभएको छ,” हार्वर्ड युनिभर्सिटीका व्यापार र लगानीका प्राध्यापक रोबर्ट लरेन्सले बताए ।
यद्यपि व्यापार युद्धको मध्यमा आर्थिक विमर्श दोस्रो विषय भएको उनले बताए । “यो बार्गेनिङ र राजनीतिभन्दा बढी हो । के चीनले निष्क्रिय रूपमा अमेरिकाबाट यी मापनहरू स्वीकार गर्न सक्छ,” उनको भनाइ थियो ।
अमेरिकाबाट आयात हुने कार र अटो पार्ट्सहरूमा २५ प्रतिशतको शुल्क वृद्धि भएको छ । बेइजिङले डिसेम्बरमा घोषणा गरेअनुसार यो नीति यो वर्षको सुरुमा रद्ध गरिएको थियो र यसलाई सहजै रुपमा पुनःसक्रिय बनाउन सकिन्छ ।
अमेरिकी अर्थतन्त्रका लागि महत्वपूर्ण मानिएका यी क्षेत्रहरूले डोनाल्ड ट्रम्पका लागि महŒवपूर्ण निर्वाचन आधारहरू हुन् ।

युआनको अवमूल्यन
ट्रम्पले नियमित रूपमा चीनको केन्द्रीय बैंकले निर्यातमूलक फर्महरूलाई सहयोग गर्नका लागि आफ्नो मुद्राको अवमूल्यन गरेको आरोप लगाउँदै आएका छन् । तर, यो विकल्प मात्रै हो ? आईएचएस मार्किटका लागि एसिया प्रशान्तका प्रमुख अर्थशास्त्री राजीव विश्वासले विकल्प नभएको बताए ।
“२५ प्रतिशतको भन्सार कम गर्न युआनलाई थप ओर्लन दिनका लागि यो वास्तविक रणनीति होइन,” उनले बताए । यसले ठूलो मात्रामा पुँजीको बाह्य प्रवाह हुन सक्ने धारणा उनको छ ।

अमेरिकी व्यवसायलाई दण्डित गर्नु
चीनले अमेरिकी कम्पनीहरूलाई आफ्नो मुलुकमा नियमन मापदण्ड तथा भन्सार अवरोध गरेर कठिन अवस्थाको सिर्जना गर्न सक्छ ।
“यो मापनले चीनमा प्रशस्त मात्रामा समर्थन पाउन सक्छ । तर, यसले व्यावसायिक मनोबललाई थप बिगार्न सक्छ,” अमेरिका–चीन व्यावसायिक परिषद्का जेक पार्करले बताए ।

बोइङ नकिन्नु
बोइङका लागि चीन महŒवपूर्ण बजार रहँदै आएको छ । बोइङले बिक्री गर्ने विमानको एक चौथाइ हिस्सा चीनमा बिक्री हुँदै आएको छ ।
ग्लोबल टाइम्सका सम्पादकले आफ्नो मुलुकले बोइङको अर्डरलाई घटाउन सक्ने बताएका छन् ।

ऋण बिक्री गरेर
चीन अमेरिकी ऋणपत्रको सबैभन्दा ठूलो खरिदकर्ता मुलुक हो । यो मुलुकले १२ खर्ब डलर (१.२ ट्रिलियन) को अमेरिकी ऋणपत्र खरिद गरेको छ । तर, ठूलो परिमाणमा यसको बिक्री गर्नु जोखिमपूर्ण हो । किनकि बजारमा देखा पर्ने कुनै पनि अस्थिर अवस्थाले बेइजिङले लिएको ऋणपत्रको मूल्यमा कमी आउन सक्छ ।एजेन्सी