बिष्टद्धारा एनआरएन अमेरिकाको नव निर्वाचित कार्यसमितिलाई बधाई

नेपालय, न्युयोर्क
, नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवं नेपाली कांग्रेसका आमन्त्रित केंद्रीय सदस्य, आनन्द बिष्टले गैर आवासीय नेपाली संघ अमेरिकाका वर्तमान बरिष्ठ उपाध्यक्ष सुनील साहको नेतृत्वमा निर्वाचित नयॉ कार्यसमितिलाई बधाई ज्ञापन गरेका छन् ।
बिष्टद्धारा जारी गरिएको विज्ञप्ती भनिएको छ अमेरिकाको एनआरएनमा नयाँ नेतृत्वमा पुग्नु हुने सबै लोकतन्त्र पक्षधर साथीहरुले आपसी भाईचारा,सद्भाव र सौहार्द्रता कायम गर्दै अमेरिकी नेपाली डायस्पोरा र समग्र एनआरएन विश्वमंचमा अमेरिकाका नेपालीहरुको प्रतिनिधित्व गर्नुहुनेछ भन्ने विश्वास लिएको बताँएका छन ्।
बिष्टद्धारा जारी गरिएको विज्ञप्ती

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना १
एनआरएन अमेरिकाको अध्यक्षमा मित्र सुनील साह विजयी भएकोमा हार्दिक बधाई व्यक्त गर्दछु । यस चुनावी प्रतिष्पर्धामा साह समूहमा रहेर चुनाव जित्नुहुने,जिताउन सहयोग गर्नु हुने सबै बिजेता मित्रहरु र मतदाता र सदस्यहरुलाई पनि बधाई र धन्यवाद व्यक्त गर्दछु । लोकतन्त्रको सुन्दर पक्ष भनेको नै यही हो जहाँ आफुले चाहेको प्रतिनिधि आफ्नो खुशीले चुन्न पाइनेछ । यसकै लागि मुलुकको सबैभन्दा पुरानो लोकतन्त्रवादी दल नेपाली कांग्रेसले निरन्तर लडेको छ । आज अमेरिकाको एनआरएनमा नयाँ नेतृत्वमा पुग्नु हुने सबै लोकतन्त्र पक्षधर साथीहरुले आपसी भाईचारा,सद्भाव र सौहार्द्रता कायम गर्दै अमेरिकी नेपाली डायस्पोरा र समग्र एनआरएन विश्वमंचमा अमेरिकाका नेपालीहरुको प्रतिनिधित्व गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । नेतृत्वदायी भूमिकामा नपुगेतापनि निर्वाचनको प्रतिष्पर्धामा रहनु भएका सबै उम्मेदवारहरुको साझा भावनालाई नव निर्वाचित नेतृत्वले समेट्नुपर्छ । हार र जितलाई प्रतिष्ठाको विषयभन्दा माथि राखेर सामुहिक संकल्पका साथ अघि बढ्नुपर्छ । चुनावी अभ्यासमा अंक गणीतीय हार जित भएतापनि लोकतन्त्रमा सबैको जित हुन्छ ।
एकपटक पुनस् सुनील साह,डाक्टर अर्जुन बन्जाडे,पशुपति पाण्डे,बीर आर लामा,बुद्धि सुबेदी,कृष्णजीवी पन्थ,सर्वज्ञ वाग्ले,अमृत कट्टेल,बन्धु पोखरेल,सन्तोष बिष्ट,बिनोद रुवाली,दीक्षा बस्नेतसहित सीपी पौडेल,चित्रा कार्की,बासुदेव अधिकारी,दुर्गा श्रेष्ठ,पदम ठकुराठी,सत्यनारायण चौधरी,अमर छन्त्याल,धरम बिश्वकर्मा,छत्र गुरुङ,खिम भट्टराइ,जीवनकुमार जोशीर तिलक केसीसहित आइसीसीमा बिजयी हुने स्वराज खाती,तृष्णा शर्मा,जेदू पोखरेल,शिवराज पौडेल,शंकर खड्का र होमनाथ गौतमलगायत सबै च्याप्टर नेतृत्वकर्ता बिजेता मित्रहरुलाई हार्दिक बधाई
आनन्द बिष्ट
आमन्त्रित केंद्रीय सदस्य, नेपाली कांग्रेस
तथा सभापति, नेपाली जनसम्पर्क समिति अमेरिका