पोखरामा भइरहेको नेपाल–अमेरिकी सेनाको संयुक्त अभ्यासको विरोध

काठमाडौं, जेठ ७ । नेपाल र अमेरिका लगायत ६ राष्ट्रका सेनाको संयुक्त सैन्य अभ्यासको सत्तारुढ दल नेकपाकै सांसदले विरोध गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शून्य समयमा नेकपाका प्रमुख सचेतक देव गुरुङले विपद् व्यवस्थापनको नाममा सैन्य अभ्यासको सुरुआत भएको भन्दै यसले राष्ट्रिय अस्मितामै खतरा उत्पन्न भएको आरोप लगाए ।

‘डिजास्टर रेस्पोन्स एक्सरसाइज एन्ड एक्सचेन्ज’ (डीआरइई) नामाकरण दिइएको उक्त पाँचदिने सैन्य अभ्यास पोखरामा भइरहेको छ ।