खुमन अधिकारी र पार्वती स्त्रीको तिज गीत ‘दुर्बिन लाई लाई’ (भिडियो सहित)

चर्चित गायक खुमन अधिकारी र गायिका पार्वती स्त्रीको ‘दुर्बीन लाई लाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस वर्षको तीजको कोशेली ‘दुर्बीन लाई लाई’ बोलको गीतको भिडियोमा शंकर बिसी र करिश्मा ढकालले मोडलिङ गरेका छन्।
तीज गीतमा शंकर र करिश्माले रोमान्स गरेको भिडियोमा प्रष्ट देख्न सकिन्छ। शंकर बिसी स्वयम्ले निर्देशन गरेको भिडियोमा तीजको छनक सँगै माया, प्रेम र रोमान्सलाई समेट्न बिसी सफल देखिन्छन्।
तीजमा धेरै समय रमाइलो गर्ने खालको भिडियो करिब ९ मिनेट लामो रहेको छ। गीतको भिडियोमा करिश्मा र शंकरका माध्यमबाट हिन्दु नेपाली नारीको महान् पर्व तीजका रोचक र चोटिला प्रसंग उठाइएको छ। राजेश घिमिरेले छायांकन गरेको भिडियोलाई नबिन घर्ती मगरले सम्पादन गरेका हुन्।
भिडियोको कोरियोग्राफी पनि निर्देशक बिसीले नै गरेका हुन्। गीतमा संगीत भने गायक अधिकारीकै रहेको छ।