पोखरा लेखनाथ महानगरपालिका कार्यालयको लागी पशु स्वाथ्य कार्यालयको जग्गा उपयुक्त्त

मनोहरि पाैडेल,पाेखरा ।
पोखरा लेखनाथ महानगरपालिका कार्यालयको लागी पोखरा १२ को पशु स्वाथ्य कार्यालय रहेको भेटनरीको जग्गा धेरै कुराहरुले उपयुक्त्त रहेकोले उक्त्त जग्गामा महानगरपालिका कार्यालय राख्न पोखरा लेखनाथ महानगरपालिका वडा कार्यालय १२ ले अनुरोध गरेको छ ।
पोखरा लेखनाथ महानगरपालिका १२ का वडा अध्यक्ष राम वहादुर कार्कीका अनुसार करीव ७० रोपनी जग्गामा रहेको उक्त जग्गा सवै क्षेत्रका जनताहरुलाई पायक पर्ने ठाँउमा रहेको र चारै तिर वाटो समेत रहेकोले ट्राफीक समस्या समेत नहुने भएको हुदा यो क्षेत्र उपयुक्त हुने देखीएको कार्की वताउछन् ।
वडा अध्यक्ष कार्कीले आफु वडामा निर्वाचित भएर पदस्थापन हुने दिनमा समेत महानगर कार्यालय वडा नम्वर १२ मा ल्याउन पहल गर्ने भनेर निर्णय गरेको र साउन ९ गते वाट महानगरका प्रत्येक वडाका जनप्रतिनिधिहरुलाई हस्ताक्षर अभियानमा सहभागी गराएर महानगर प्रमुख तथा महानगरीय बोर्डवाट गठित पोखरा लेखनाथ महानगर पालिका भवन निर्माणका लागी जग्गा खोजबिन समिति समक्ष हस्ताक्षर अभियान बुजाउने बताए ।
जिल्ला तथा क्षेत्रिय पशु स्वाथ्य केन्द, भेटनरी कार्यालयको जग्गाँमा पोखरा लेखनाथ महानगरपालिका कार्यालय ल्याउनको लागी नगर प्रमुख मान वहादुर जिसी समेत सकरात्मक रहेको र विभिन्न राजनितिक पार्टीका नेताहरुले समेत सर्मथन गरेकोले यसमा कुनै विरोध नहुने वडा नम्वर १२ की वडा सदस्य सिता वास्तोला वताउछीन ।
सेती पारीको जग्गा भुःबनोटको हिसावले पनि मजवुद रहनुको साथै लेखनाथका जनताहरुलाई समेत पायक पर्ने र हाइवए (राजमार्ग) पनि नजिक रहेकोले सवै क्षेत्रका जनताहरुलाई पायक पर्ने देखिएकोले यो जग्गालाई नगरपालिकाले उपयुक्त्त ठानी निर्णय गर्नुे पर्ने वडा सदस्य विष्णु सुनार वताउछीन् । महानगर कार्यालय जिल्ला पशु स्वाथ्य कार्यालयको जग्गामा भएमा लेखनाथ महानगर पालिका १२ मा रहेको जिल्ला पशु स्वाथ्य कार्यालय नजिक रहेको भुःतथा खानी विभागको खाली जग्गा साथै वडा कार्यालय १२ कार्यालय रहेको जग्गा समेत प्रयोगमा ल्याउन सकिने वडा कार्यालय १२ का सचिव श्रीकान्त तिमिल्सेना वताउछन् ।