कास्कीका यज्ञबहादुर थापा कांग्रेसको तर्फबाट मन्त्री हुने

श्रावण १०, २०७४ – नेपाली कांग्रेसले मन्त्री हुनेको नाम टुंग्याएको छ।

पौडेल समूहले शेरबहादुर देउवा सरकारमा प्रत्यक्ष निर्वाचितलाई मात्रै मन्त्री बनाउने मापदण्ड बनाउँदै चार जनाको नाम टुंगो लगाएको छ ।

पौडेल समूहबाट यज्ञबहादुर थापा (कास्की), सन्जय गौतम (बर्दिया), राजन केसी (काठमाडौं) र रामकृष्ण यादव (धनुषा) को नाम टुंगो लगाएको छ ।

देउवा पक्षबाट समानुपातिक सांसदहरु अम्बिका बिष्ट र मीन विश्वकर्मा तथा प्रत्यक्ष निर्वाचित बीरबहादुर बलायर (डोटी) र अर्जुन जोशी  (पर्वत) मन्त्री हुने भएका छन्।

कृष्ण सिटौलाको समूहबाट काठमाडौं–५ का सांसद भीमसेनदास  प्रधान र खुमबहादुर खड्का समूहबाट सिन्धुपाल्चोकका सांसद मोहन बस्नेत मन्त्री हुने टुंगो लागेको छ ।

जेठ २४ गते माओवादी लगायतका दलहरुको समर्थनमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका कांग्रेस सभापति देउवाले कांग्रेसका १० जना र माओवादीका ६ जना नयाँ सदस्यहरुलाई मन्त्री पदमा नियुक्त गरी भोलि नै पद तथा गोपनियताको सपथ दिलाउने भएका छन्।