५०२ मत गन्न बाँकी हुँदा रेणु १५६ मतले अगाडि

चितवन । भरतपुर महानगरपालिकाको पछिल्लो मत गणनाअनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले १५६ मतले अग्रता लिएकी छिन् । वडा नम्बर २० को २८०१ मतगणना भइसक्दा उनले १५६ मतले देवी ज्ञवालीलाई पछि पारेकी हुन् । रेणुले ४२ हजार ९ सय १३ र देवीले ४२ हजार ७ सय ५७ मत प्राप्त गरेका छन् । अब पाँच सय दुई मत मात्र गन्न बाँकी छ ।