भरतपुरको मेयरमा रेणु दाहाल विजयी

काठमाण्डौ । भरतपुर माहानगरपालिकाको मेयरमा माओबादी केन्द्रका तर्फबाट उमेर्द्वार बनेकी अध्यक्ष पुष्पकमल दाहालकी सुपुत्री रेणु दाहालले प्रतिद्वन्द्वी नेकपा एमालेका देवी ज्ञवालीले भन्दा २०३ बढी मत ल्याएर विजयी भएकी हुन्।

दाहालले ४३, १२७ मत र ज्ञवालीले ४२, ९२४ मत ल्याएका छन्।

पहिलो चरणको स्थानीय तह बैसाख ३१ गतेको निर्बाचनमा माओबादीका दुई कार्यकर्ताले ९३ वटा मतपत्र च्यातेपछि सर्बोच्च अदालतमा परेको निबेदनको फेसला अनुरुप आज भएको मतदान र मदगणनाको. परिणाम अनुसार नेकपा एमालेका उमेर्द्वार देवी ज्ञवालीलाई हराउदै रेणु दाहाल भरतपुर माहानगरपालिकाको मेयरमा निर्बाचित भएकी छन् ।