राज्यमन्त्रीका लागि रामचन्द्रले दिए चार नाम

मान्त्रीमण्डलमा राज्यमन्त्रीका रूपमा थपिने करिव दुई दर्जन व्यक्तिहरूमध्ये काङ्ग्रेस नेता रामचन्द्र पौडेलको कोटामा परेका चार जनाको नाम उहाँले प्रधानमन्त्री देउवालाई बुझाइसक्नुभएको छ । पौडेलले निश्चित क्राइटेरिया बनाएर राज्यमन्त्रीहरूको नाम चयन गर्नुभएको बुझिएको छ ।
प्राप्त जानकारीअनुसार पौडेलले एक महिला, एक मगर समुदायबाट, एक थारु समुदायबाट र एउटा सात नम्बर प्रदेशबाट छनोट गरी देउवालाई नाम बुझाउनुभएको हो ।
महिलाबाट सरिता प्रसाईंको नाम तय भएको बताइए पनि अन्य नाम गौप्य राख्ने प्रयास गरिएको छ । काङ्ग्रेसबाट दश, माओवादीबाट आठ र फोरम लोकतान्त्रिकबाट तीन जनालाई राज्यमन्त्री बनाइने निश्चित भएको छ ।

घटना र विचार बाट