१५ राज्यमन्त्री थपिएसंगै देउवाको मन्त्रिपरिषद् ५० सदस्यीय

काठमाडौं, भदौ ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रिमण्डलमा १५ जना राज्यमन्त्री थपेका छन् । प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल मंगलबार विस्तार भएसँगै ५० सदस्यीय पुगेको छ ।

मन्त्रिमण्डलमा ३ उपप्रधानमन्त्री सहित २६ मन्त्री र २३ राज्यमन्त्री छन् । प्रधानमन्त्री देउवाले आइतबार मात्रै माओवादीका ८ जना राज्यमन्त्री थपेका थिए । मंगलबार प्रधानमन्त्रीले कांग्रेसबाट १२ र फोरम लोकतान्त्रिकबाट ३ जना राज्य मन्त्री थपेका हुन् ।

 

मन्त्रिमन्डल थपिएका राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री देउवाले मंगलबारै पद तथा गोपनीयताको शपथग्रहणसमेत गराएका छन् ।

मंगलबार थपिएका राज्यमन्त्रीहरुमा कांग्रेसको तर्फबाट शेषनाथ अधिकारी, सीता गुरुङ, उदयशमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर विष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्र्रिन, सरिता प्रसाइँ, अमरसिंह पुन र तेजुलाल चौधरी रहेका छन् ।

यस्तै, नेपाल लोकतान्त्रिक फोरमबाट राज्यमन्त्री हुनेहरुमा जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा लामा छन् ।

गत आइतबारमात्रै मन्त्रिमन्डलमा माओवादी केन्द्रका ८ जना राज्यमन्त्री थपिएका थिए । राज्यमन्त्रीहरुसमेत गर्दा देउवा मन्त्रिमन्डलको संख्या ५० सदस्यीय पुगेको छ ।

क्र.स. नाम पद कार्यविभाजन

१. सीता गुरुङ राज्यमन्त्री भौतिक पूर्वाधार तथा यातायात

२. सरिता प्रसाई राज्यमन्त्री कृषि विकास

३. शेषनाथ अधिकारी राज्यमन्त्री शिक्षा

४. नरबहादुर चन्द राज्यमन्त्री वाणिञ्य

५. अब्दुल रज्जाकगद्दी राज्यमन्त्री खानेपानी

६. तप्तबहादुर विष्ट राज्यमन्त्री सूचनातथा संचार

७.अमरसिहपुन राज्यमन्त्री सिँचाइ

८. दिलमानपाख्रिन राज्यमन्त्री कानुन, न्याय तथा संसदीय मामिला

९. उदयशमसेर राणा राज्यमन्त्री अर्थ

१०. डिल्लीबहादुर चौधरी राज्यमन्त्री श्रम तथा रोजगार

११. तेजुलाल चौधरी राज्यमन्त्री युवातथा खेलकुद

१२. चम्पादेवी खड्का राज्यमन्त्री सहकारी तथागरिवीनिवारण

१३. जनकराज चौधरी राज्यमन्त्री संघीयमामिला था स्थानीय विकास

१४. सुमित्रा थरुनी राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उडड्यन

१५. यसोदा कुमारी लामा राज्यमन्त्री भूमि सुधार तथा व्यवस्था