‘गलबन्दी’ पछि अञ्जली अधिकारीको अर्को धमाकेदार भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । गलबन्दी गीत पछि निकै चर्चामा रहेकी मोडल अञ्जली अधिकारी अभिनय गरेको अर्को म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ ।

गायिका इसा कार्कीको स्वरमा रहेको ‘अलि अलि काली, अलि अलि गोरी’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा इसा कार्कीकै शब्द सङ्गीत रहेको छ भने स्वर पनि इसा कै रहेको छ । उक्त गीतको म्युजिक भिडियो एमबी क्रियशनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । उक्त भिडियोमा पछिल्लो समय निकै चर्चामा रहेको मोडल अञ्जली अधिकारी र रविन विष्ट र अन्य कलाकारहरूले आफ्नो दमदार प्रस्तुति दिएका छन् ।

ज्ञानेन्द्र शर्माले भिडियो छायाङ्कन गरेका छन् भने म्युजिक भिडियोको निर्देशन मनोज विष्टले गरेका छन् । सन्तोष राजबाहकको करियोग्राफमा भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । भिडियो हेर्नुहोस्