प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग भेट

नयाँदिल्ली, भदौ ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार साँझ भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग राष्ट्रपति निवासमा शिष्टाचार भेट गरेका छन् ।

भारतको पाँचदिने राजकीय भ्रमणकाक्रममा बुधबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री देउवाको भारतीय राष्ट्रपति कोविन्दसँग भएको भेटकाक्रममा उनीहरुबीच नेपाल–भारत द्विपक्षीय हितका विभिन्न विषयमा विचार–विमर्श भएको थियो ।

यसैगरी, बिहीबारै साँझ प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति वेंकैया नायडुसँँग पनि शिष्टाचार भेट गरे ।

उनीहरुबीच हैदरावाद भवनमा शिष्टाचार भेट भएको हो । रासस