यी बोल्ड नायिका लोकसभाकी ‘सुन्दरी सांसद’,

अहिले भारतमा एक सांसद सुन्दरी सांसदको रुपमा भाइरल भएकी छिन् ।

भारतको लोकसभा निर्वाचनमा नव निर्वाचित सांसद मिमी चक्रवर्तीको चर्चा यतिबेला चुलिंदो छ ।

पेशाले कलाकार रहेकी ३० वर्षीय मिमी हालै सम्पन्न निर्वाचनमा तृणमुल कांग्रेस पार्टीबाट पश्चिम बंगालको जादवपुर क्षेत्रबाट निर्वाचित संसद हुन् । उनलाई १७ औं लोकसभाको ‘सुन्दरी सांसद’ भनेर भारतीय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् । उनले अभिनय गरेका दुई चलचित्र यसै वर्ष प्रदर्शनमा आउने तयारी छ । एजेन्सी