वर्षा राउत ट्रोलको सिकार भएपछि श्रीमानले दिए यस्तो प्रतिक्रिया

अभिनेत्री वर्षा राउत यतिबेला लुगाका कारण चर्चामा छिन् । चलचित्र जात्रै जात्राको प्रिमियर शो को लागि अस्ट्रेलियमा रहेकी वर्षाले एकदमै उत्तेजित पहिरन लगाईन् । जसका कारण उनी चर्चामा आएकी हुन् ।

वर्षा सामाजिक सञ्जालमा ट्रोलको सिकार बनेपछि श्रीमान सन्जोग कोइरालाले बचाउ गरेका छन् । सोमबार आफ्नो आधिकारिक फेसबुकमार्फत संजोगले भनेका छन्, ‘म तिमीलाई सधैं प्रोत्साहन गर्छु, सम्मान गर्छु, तिम्रो हरेक लडाइमा तिम्रो साथमै उभिनेछु । तिम्रो संघर्ष र कठिनाईको समयमा पनि म तिमीलाई नै माया गरिरहनेछु । म तिमीलाई जस्तो समय र परिस्थितिमा पनि आनन्दित तुल्याउने प्रयत्न गर्नेछु । तिमी सधैं सही कुरा भन्न र गर्न सक्दैनौं त्यो ठीकै छ । तिमी यहाँ सबै कुरामा पर्फेक्ट हुन होइन तर वास्तविक हुनको लागी छौं ।’