जसवन्त देव श्रेष्ठको गीत भारतको जी म्युजिक कम्पनीद्धारा रिलिज

जेठ २१ नयाँ दिल्ली ।
चारपटक एमी अवार्डको नोमिनेशनमा परिसकेका अमेरिकाको क्यालिफोर्निया निवासी नेपाली मुलका कलाकार जसवन्त देव श्रेष्ठको गीत बलिउडको भारतको प्रतिष्ठित जी म्युजिक कम्पनीले रिलिज गरेको छ ।

रवी बस्नेतको शब्द र संगीत रहेको तु मुझमे जी रहा है बोलको हिन्दी गीतमा अभिनय जसवन्तदेव श्रेष्ठले र रीम कादेमको रहेको छ । गीत हिन्दी र अँग्रेजी भाषामा रहेको छ । श्रेष्ठले द ट्रिजन, टाइ द नट, मुस्ताङ सेक्रेट्स वियोण्ड द हिमालयज लगायतका चलचित्रमा समेत अभिनय गरेका छन् ।