‘छक्का पन्जा २’ को ‘म त यता किनारामा’ सार्वजनिक

फिल्म ‘छक्का पन्जा २’ को अर्को गीत सार्वजनिक भएको छ। ‘म त यता किनारामा’ बोलको गीत सार्वजनिक भएको हो । किरण कंडेलको संगीत र उत्तम सन्जेलको शब्द रचना रहेको उक्तगीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर रहेको छ । भिडियोमा प्रियंका कार्की, दिपकराज गिरी, बुद्धि तामाङ, विल्सन विक्रमराईको अभिनय रहेको छ । ‘छक्का पन्जा २’ आगामी असोज ११ गते देशभर रिलिज हुदैँछ ।