पाेखरामा किरण खड्का स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु

मनोहरि पौडेल, पोखरा १७ भदौ ।
शितलज्योति युवा क्लव पोखरा १२ को आयोजनामा स्वर्गिय किरण खड्को स्मृतिमा आज देखी अमरसिह मा वि को खेल मैदानमा प्रथम किरण खड्का सेभेन ए साईड फुटवल प्रतियोगीता सुरु भएको छ ।
उक्त सेभेन ए साइड फुटवल प्रतियोगिताको उद्घाटन गद्र्रे प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले सेभेन ए साइड फुटवल खेलको विकासको लागी आफ्नो तर्फ वाट सक्दो सयोग गर्ने वताउदै आगामी वर्षहरुमा हुने यस किरण खड्का स्मृति सेभेन ए साईड फुटवल प्रतियोमिताको लागी खेलकुद विकास समितिको तर्फ बाट सक्दो सयोग रहने वताए ।
कार्यक्रममा समाजसेवी टिका वहादुर कार्कीले शितलज्योति युवा क्लवले जुन उद्रेश्यले यो प्रतियोगिता आयोजना गरेको छ त्यो अवस्य पुरा हुने र स्वर्गीय किरण खड्काको आत्माले पनि शान्ति पाउने वताए । कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका १२ का वडा अध्यक्ष राम वहादुर कार्कीले शितल ज्योति क्लव पोखरा लेखनाथ महानगरपालिका सेती पारीको उत्कृष्ट क्लव रहेको वताउदै आगामी दिनहरुमा आफु शितलज्योति क्लव सग हातेमालो गरेर अगाडी वड्ने वताए ।
उक्त प्रतियोगिताको लागी स्वर्गिय किरण खड्को स्मृतिमा उनको परिवारको तर्फवाट रु पाँच लाख रुपियाको अक्षयकोष तथा शितलज्योति क्लवको लागी जर्सी तथा फुटवलहरु उक्त कार्यक्रममा परिवारको तर्फ वाट माइला वुवा शिव खड्का तथा दाजु किसन खड्का लगाएत परिवारका अन्य सदस्यले क्लवका अध्यक्ष सन्तोष गुरुङलाई हस्तान्त्रण गरेका थिए ।
पुर्व फुटवल खेलाडी हरि खड्काका छोरा स्वर्गिय किरण खड्काको गत वर्ष सवारी दुर्घटनामा परी निदन भएको थियो ।

भदौ १७ देखि २४ गते सम्म सन्चालन हुने उक्त प्रतियोगितामा कुल ४३ टिमको सहभागीता रहेको छ । प्रतियोगितामा विजेता टिमले एक लाख २५ हजार, उपविजेताले ७५ हजार साथमा ट्रफी मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालाई जनहि ५ हजार साथमा प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यसै गरी उत्कृष्ट प्रशिक्षक, अनुसासित टीमलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

माटेपानी हङकङ परिवारको मुख्य प्रायोजन तथा माटेपानी युथ एसोसिएसन यु.केको सह प्रायोजन तथा विमल बस्याल प्रायोजक रहेको उक्त सेभेन ए साइड फुटवल प्रतियोगितामा माटेपानी तथा शितलदेवी वाट देश विदेश रहेका दाजु भाइ तथा दिदिवहिनीहरुले आर्थिक सयोग गरेका छन् ।
उक्त उद्घाटन कार्यक्रम शितलज्योति क्लवका अध्यक्ष सन्तोष गुरुङको सभापतित्वमा भएको थियो भने क्लवका प्रथम उपाध्यक्ष नर प्रसाद गुरुङले स्वागत मन्तव्य राखेका थिए भने सन्चालन सचिव पुर्ण गुरुङले गरेका थिए ।
उद्घाटन खेलमा आयोजक शितल ज्योति जुनियर टिमलाई एकता क्लवले शुन्य का विरुद्द एक गोलले जितेको छ ।