हाइड्रोजन बम परिक्षण गर्दा ६.३ तीव्रताको भूकम्प, अमेरिकाको धेरै भू–भागमा मार हान्न सक्ने

१८ भाद्र,

सोल/बेइजिङ: उत्तर कोरियाले हाइड्रोजन बम बनाएको छ । यो बमलार्इ अन्तर महादेशिय व्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम) मा लोड गर्न सकिने उत्तर कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले यो दावी गरेको हो ।

यसैबीच दक्षिण कोरियाली समाचार संस्था योनहाप न्यूज एजेन्सीले यसलाई उत्तर कोरियाको छैटौ परमाणु परिक्षण भएको बताएको छ । उत्तर कोरियाको शंकास्पद विष्फोटमा ६.३ तीव्रताको भूकम्प गएको चीनले जनाएको छ ।

बम ठूलो क्षति पु-याउन सक्षम
केसीएनएको रिपोर्ट अनुसार उच्च प्रविधियुक्त तथा उच्च क्षमताको हाइड्रोजन बलमे ठूलो क्षति पु¥याउन सक्षम छ । बमको सबै उपकरण उत्तर कोरियामै विकास गरिएको हो र यसको क्षमता सैयौ किलोटन छ ।

किम जोङ उनले हालैमात्र परमाणु हतियार इन्सटिच्यूटको भ्रमण गरेको र उक्त भ्रमणको समयमा सुपर एक्सप्लोसिभ क्षमता भएको थर्मोन्यूकिलयर हतियारको निरिक्षण गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

उत्तर कोरियाले यसै वर्षको जुलाईमा २ पटक आईसीबीएम हासान्ग–१४ को परिक्षण गरेको बताइएको छ । यसले अमेरिकाको सबैजसो क्षेत्रमा आफ्नो पहुच भएको दावी पनि गरिएको छ ।

प्रविधिमा सुधार गरेर हाइड्रोजन बम
२०१६ को आफ्नो चौथो परमाणु परिक्षणछि उत्तर कोरियाले सानो आकारको हाइड्रोजन बम पनि बनाएको दावी गरेको थियो । यो परमाणु बम भन्दा पनि सक्तिशाली भएको बताइएको छ । वैज्ञानिकका अनुसार ६ किलोटनको यो बमको क्षमता एक थर्मोन्यूक्लियर भन्दा बढी हुन्छ । एजेन्सी