यातायात मन्त्री महासेठको गाडी पुल नभएकाे खाेलामा पल्टियाे

जेष्ठ २७ स्याङ्जा । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ घट्टे दरौँ खोलामा डुबेको छ ।   ।

बा २ झ ४०२९ नम्बरको गाडी डुबेपनि मन्त्रीलाई सकुशल बाहिर निकालिएको छ भने गाडीलाई जेसिबीको सहायताले बाहिर निकालिएको हो । खोला बढेसँगै बिग्रिएको बाटोलाई मर्मत गरिएको थियो तर मन्त्रीका सवारी चालकलाई ग्रामीण सडकको बारेमा राम्रो जानकारी नहुँदा दुर्घटना हुन पुगेको बताइएको छ ।