सरकारले सार्वजनिक यातायातको भाडा बढायो

जेठ ३० काठमाण्डौ – सरकारले असार १ गतेबाट लागु हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ ।

छोटा तथा लामा दूरीका बस, मिनिबस, माइक्रोबस, ट्रक टेम्पो लगायत सबैखाले सार्वजनिक गाडीमा अधिकतम १२ प्रतिशतसम्म भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

काठमाण्डौ उपत्यकाको सार्वजनिक गाडीमा ४ किलोमिटर सम्मको न्यूनतम भाडा १४ रुपैयाँबाट बढेर १६ रुपैयाँ पुगेको छ ।

यस्तै ट्याक्सी भाडा पनि बढेको छ । अब सुरुको एक किलो मिटरसम्म ५० रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसाका दरले भाडा बढ्दै जानेछ ।

प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको विभागले जनाएको छ । यातायात व्यवसायीले भाडा बढाउन माग गर्दै आएका थिए । भाडा बढे सगँ बजारम महंगी बढ्ने छ ।