“त्यो त मेरी बहिनी पो त …”

रजनी मल्ल, 

चकलेट किन्न भनेर खुशी हुदै उफ्री उफ्री सात आठ बर्षकी राधा किराना पसल तिर लाग्दछिन्। त्यतिकैमा “समात् समात्” भन्ने आवाज संगसंगै एक फौज केटाकेटीहरु राधालाई पछ्यौछ। अनि नजिक पुगेपछि एउटी केटिले भन्छ “हिजो मेरो पुजा थाली घोप्त्यौने केटि त्यहि हो।”त्यतिकैमा कसैले तिनको कपाल झ्वाट्ट तान्छ। कोहि मुख अगाडी अगाडी आएर कराउन थाल्दछ। राधा डरले मुख रातो पार्दै भन्छिन “मैले कहिले पुजा थाली घोपत्याएकि छु र? म त आज मात्रै मेरो मामाघर आएकी।” अर्को केटिले भन्छे “हिजो पनि त्यहि लुगा लगाएको थियो तिनको अनुहार पनि ठ्याक्कै तिम्रो जस्तो थियो तिनी तिमी नभएर को हुन त?” भन्छिन तिनी। अब भने राधाले नडराए जसो गरि भन्छिन “ए त्यो त मेरी बहिनी पो हुन् त तिनको र मेरो त्यस्तै लुगा छ नि। तिनी मेरी जुम्ल्याहा बहिनी हुन्। म त हिजो सम्ममा मधेसमा थिए।” भन्छिन तिनी। अर्कोले भन्छिन “होइन हिजोको त्यहि केटि हो तिनले धातेकी।” अर्कीले भन्छिन “त्यो त तिनकी बहिनी रे भयो नि त अब तिनलाई छोदिदेउ। भोलि तिनको बहिनीलाई भेत्तेमा ठिक पारौला नि।” त्यति भनेर ति केटाकेटीको फौजले राधालाई छोडिदिन्छ।

बल्ल मन ढुक ढुक गर्दै राधा त्यो केटाकेटीको फौज बाट छुटकारा पाएर डराएको अनुहार लिएर चकलेट पसल तिर गइ चकलेट किन्छिन तर तिनिलाई चकलेट खाने इछया नै हुदैन तर पनि चकलेट खादै बिस्तारै मामाघरतिर लाग्द्छिन।

बास्तबमा हिजो तिनी मामाघर आएकि थिईन। अनि सानो मामासित बाहिर जादा मन्दिरमा जान लागेकी एक केटिको पुजा थाली घोप्त्यौनाका लागि तिनको मामाले नाइँ भन्दा भन्दै कर गरिगरिकन पठाएको थियो अनि तिनले पनि बिस्तारै ति केटिको नजिक गइ तलबाट पुजा थालिलाई हत्केलाले हानेर घोप्त्यै दिई भागेर आएकी थिईन। त्यतिबेला देखि राधालाई मामाघर जान नै मनलाग्दैन थियो। अहिले पनि त्यो कुरा सम्झेर राधालाई हासो लाग्दछ कसरि त्यो पिट्न भनेर तम्सेर आएका केटाकेटीहरुको फौजबाट फुत्केर आईं भनेर फेरी दुख पनि लाग्दछ त्यो केटीको पुजा थाली घोप्त्यैदिएपछि तिनी एक्लै रुदै फर्केकी सम्झेर। सानोमा कहिले काही आफुले नाचाहदानाचाहदै अरुको दबाबले उपद्रोको काम गर्नुपरेको कुरा अहिले तिनी आफ्ना नाती नातिनीहरुलाई भन्छिन र त्यस्तो उनीहरुले कहिले पनि नगर्नु भनेर सल्लाह पनि दिन्छिन्। यस्तै छ…..।

न्यु जर्शी, अमेरिका