मधेसमा चुनाव जितेपछि महिलाले मेयरका गोडा धोएर जल खाए

स्थानीय निर्वाचनमार्फत मेयरमा बिजयी भएपछि स्थानीय महिलाले मेयरका गोडा धोएर जल खाएका छन । धनुषाको हंसपुर नगरपालिकाको मेयर विजयी भएका राष्ट्रिय जनता पार्टीका मेयर रामज्ञान मण्डलको स्थानीय महिलाहरुले गोडा धोएर पानी खाएका हुन ।

मेयरमा विजयी बनेपछि जम्मा भएका स्थानीय महिलाले मेयरको गोडाको पानी खाए आफ्नो पक्षमा काम गरिदिने आशाले गोडा धोएर पानी खाएको स्थानीय रामवती मण्डलले बताईन । मेयर मण्डलका परिवारले नगरवासी महिलालाई गोडा धुनका लागी पहिले नै पानी र थालीको व्यवस्था गरेका थिए । उनिहरुको तयारीअनुसार महिलाहरुले मेयरलाई भेट्दासाथ घोप्टो परेर मण्डलको पाउमो शिर राखी उनको गोडाको पानी खाएको प्रत्यक्षदर्शीले बताए ।

विजयी बनेका मण्डलले भने मधेशमा आफुभन्दा ठुला मान्छेलाई सम्मान गर्ने सस्कार भएकाले आफुले गोडा धुन दिएको प्रतिक्रिया दिएका छन ।

Annapurna TV बाट