दीपिका संसारकै सुन्दर महिला

मुम्बई । ग्लोबल आइकन दीपिका पादुकोणले संसारकै सुन्दर महिलाको उपाधी पाएकी छिन् । सुन्दरताको परिभाषा दिँदै आएको अब्जर्वर डनले लेखेको छ ‘दुनियाको सुन्दर महिलामा आफ्नो काम र अन्य गुणको कारण दीपिकाले इतिहास रचेकी छिन् ।’

दीपिकाले बाजीराव मस्तानी र पिक जस्ता फिल्ममा बेजोड अभिनय गरेकी थिइन् । बलिउडका उनका अरु धेरै राम्रा फिल्महरु छन् । हलिउड फिल्म ‘एक्सएक्सएस ः रिटर्न अफ जेण्डर केज’ मा दीपिकाले गरेको अभिनय प्रसंसायोग्य थियो ।

त्यसो त दीपिका सामाजिक कार्यमा पनि सक्रिय छिन् । ‘लिव लव लाफ’ नामक संस्था मार्फत उनले मानसिक स्वास्थ्यसम्बन्धि जागरण सुरु गरेकी छिन् ।एजेन्सी