बलात्कार आरोपमा फलाहारी बाबा पक्राउ

आश्विन १०,

भारतको राजस्थानका प्रख्यात आध्यात्मिक गुरु फलाहारी बाबा बलात्कारको अरोपमा पक्राउ परेका छन् । उनलाई अलवारको आफ्नो आश्रममा कानुन् अध्ययन गर्नै विद्यार्थी बलात्कार गरेको रोपमा पक्राउ गरिएको हो । सेप्टेम्बर ११ मा पीडत विद्यार्थीले आफुमाथि अगस्ट ७ मा बलात्कार भएको उजुरी दिएकी थिईन् । प्रहरीका अनुसार उनलाई शनिबार पक्राउ गरी मेडिकल जाँचका लागि अस्पताल लगिएको छ ।

भारतीय सञ्चार माध्यकका अनुसार उनी दोषी ठहरिए १० बर्षको कारबास सजाय हुनेछ । पीडित विद्यार्थीले गत समहिना विवादास्पद गुरु गुरमित राम रहिमलाई सजाय भएपछि आफुलाई उजुरी गर्ने आत्मबल बढेको जनाएकी छिन् । राम रहिमलाई बलात्कारमा दोषी ठहर गरी २० बर्षको कैद सजाय दिएको थियो । एजेन्सी