‘होस्टेल ब्याक अगेन’का लागी कलाकारकाे खाेजी

न्युयोर्क

पहिलाे र दाेस्राे चलचित्रका कलाकार अनमाेल के.सि., गाैरव पहारी, सलाेन बस्नेत,प्रकृति श्रेस्ठ,रिस्ता बस्नेत , सुशिल श्रेष्ठ, नाजिर हुसेन,सुशिल सिटाैला, स्वस्तिमा खड्का अभय बराल अादि नेपाली चलचित्रमा यतिबेला व्यस्त कलाकारकाे रूपमा चिनिन्छन् ।
व्यवसायिक रुपमा सफल मानिएको नेपाली चलचित्र ‘होस्टेल’को तेस्रो संस्करण ‘होस्टेल ब्याक अगेन’का लागी अमेरिकामा कास्टिंग कलको आहवान गरिएको छ । चलचित्र दुर्गीश फिल्म्स् र ब्ल्याक हर्स प्रोडकसन एल एल सी को संयुक्त ब्यानरमा निर्माण हुनेछ ।
विभिन्न देशबाट अमेरिकामा पढ्न गएका अन्तरराष्ट्रिय विद्यार्थीका कथा समेटिएको यस चलचित्रको निर्देशन सुनिल रावलले गर्दैछन् । यस अघिका चलचित्र ‘हाेस्टेल’ हेम राज विसिले र ‘हाेस्टेल रिटर्न्स’ सुरज भुषालले निर्देशन गरेका थिए । पहिलाे चलचित्रमा चिकित्सा शास्त्रका विद्यार्थीकाे हाेस्टेल जीवनकाे कथा समेटिएकाे थियाे भने ‘हाेस्टेल रिटर्न्स’मा इन्जिनियर बन्न हाेस्टेलमा बसेका विद्यार्थीकाे कथा देखाइएकाे थियाे । चलचित्रमा कथा भने सुनिल रावलकै हाे । पहिलाे र दाेस्राे चलचित्रका कलाकार अनमाेल के.सि., गाैरव पहारी, सलाेन बस्नेत, सुशिल श्रेष्ठ, सुशिल सिटाैला, स्वस्तिमा खड्का, अभय बराल अादि नेपाली चलचित्रमा यतिबेला व्यस्त कलाकारकाे रूपमा चिनिन्छन् ।