प्रदेश नम्बर दुईको सबै स्थानीय तहको नतिजा सार्वजनिक

काठमाण्डाै, १२ असोज– प्रदेश २ मा भएको स्थानीय तह निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ ।

प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहको नतिजाअनुसार ४० तह जित्दै कांग्रेस पहिलो भएको छ । एकमात्र महानगरपाकिलासहित २६ तह जित्दै संघीय समाजवादी फोरम दोस्रो र २५ स्थानीय तह जितेको राजपा तेस्रो भएका छन् ।

माओवादी केन्द्र २१ स्थानीय तह जितेर चौथो र एमाले १८ स्थान जित्दै पाँचौ भए । नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ र नयाँ शक्तिले एक स्थानीय तह जितेका छन् ।

यसैगरी, वडास्तरमा नेपाली कांग्रेसका उम्मेद्वार ३३८, नेकपा एमालेका २३५, नेकपा माओवादी केन्द्रका २२८, राष्ट्रिय जनता पार्टी नेपालका १९२, संघीय समाजवादी फोरमका १९०, नेपाल लोकतान्त्रिक फोरमका ३३, स्वतन्त्र ३१, राष्ट्रिय प्रजातन्त्र पार्टी १०, नयाँ शक्ति ५ र अन्यले ९ गरी स्थानमा विजयभएका छन् ।
स्थानीय तहको निर्वाचनको परिणाम आएसँगै नेपालको संविधानको कार्यान्वयनको एक चरण पूरा भएको छ । अब मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी सुरु भएको छ ।