दीपक मनाङे नेकपा प्रवेश गर्ने

पोखरा १८ असार – गण्डकी प्रदेश सभामा स्वतन्त्र सांसद दीपक मनाङे,राजीव गुरुङ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रवेश गर्ने भएका छन् ।
मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका नेता पृथ्वीसुब्बा गुरुङले बिहीबार पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको छ ।

मनाङ ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका मनाङेलाई प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा एमालेले साथ दिएर विजयी भएका थिए ।
पुनरावेदन अदालतले ज्यान मार्ने उद्योगमा ५ वर्ष सजाय सुनाएका मनाङेलाई गत माघमा सर्वोच्च अदालतले उक्त सजाय सदर गरेको थियो । निर्वाचित भएका सांसद मनाङे करिब १६ महिना पछि मात्र प्रदेश सभामा पुगेसंगै सपथ लिएका थिए । हाल प्रदेश सभामा नेकपाका ३९, कांग्रेस १५, राष्ट्रिय जनमोर्चा १, समाजवादी पार्टी (नयाँ शक्ति) २ र स्वतन्त्र सांसद १ जना रहेका छन । जनमोर्चाका एकजना सांसदको निधन भएको छ ।