पोखरा फ्रेम उद्योग सञ्चालनमा

पोखरा, २० असार । पोखराका तिन युवा उद्यमी मिलेर पोखरा फ्रेम उद्योग सञ्चालनमा ल्याएका छन् ।
पोखरा फ्रेम तथा मसलन्द उद्योग प्रा.लि अन्तरगत मोहन सापकोटा,विष्णुहरि पन्थी र दिलिप पाैडेलले मिलेर पोखराको रत्नचोकमा पोखरा फ्रेम उद्योग सञ्चालनमा ल्याएका हुन्।
विदेशबाट आउने फ्रेमलाई निरुत्साहित पार्न र स्वदेशमा नै रोजगार सृजना गर्ने उध्यस्यले उद्योग सञ्चालन गरेको सन्चालक मोहन सापकोटा बताए । उधोगमा फोटो सजावटका लागि प्रयोग गरिने फ्रेम,घर सजावटका सामानहरू,फाइभ डी फोटोहरू,पेन्टीङ फ्रेमहरू,उपलब्ध गराइने सन्चालक विष्णुहरि पन्थीले बताए । उनले उक्त उद्योग सञ्चालन गर्न करीब ५० लाख रुपैयाँ लगानी लागेको बताए ।
उद्योगबाट उत्पादीत फ्रेम लगाएत अन्य सामानहरूको मुख्य बजार गण्डकी प्रदेश लगायत ३ र ५ नम्वर प्रदेशमा रहने बताईएको छ ।
फ्रेममा प्रयोग गरिने सामग्रीहरू केही नेपालकै भए पनि केही भारत तथा चीनबाटसमेत आउने गरेको छ ।