अमेरिकी सामूहिक गोलीकाण्ड: ट्रम्पद्वारा डेटन र एल पासको भ्रमण

२३ साउन–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ३१ जनाको ज्यान लिने सामूहिक गोलीकाण्ड भएपछि प्रताडित हुन पुगेको दुई नगरहरूको भ्रमण गर्ने क्रममा टेक्सास पुगेका छन्।
हिस्पानिक भनिने दक्षिण अमेरिकी मूलका मानिसहरूलाई निसाना बनाइएको घृणाजन्य अपराध कर्ममा संलग्न एक बन्दुकधारीले गोली चलाउँदा शनिवार २२ जनाको ज्यान गएको थियो।
ट्रम्प आफैँलाई पनि हिस्पानिक समुदायका मानिसविरुद्ध घृणा फैलाएको आरोप लागेको छ।
९ जनाको ज्यान लिने गोलीकाण्ड भएको ओहायो राज्यको डेटनको अस्पतालमा उपचाररत घाइतेहरूलाई भेटेपछि ट्रम्प टेक्सास पुगेका हुन्।