के हो थ्री डी टाटू ? पाखुरोमा टाउको, पिठ्यूँमा हात्ती (हेर्नुस भिडियोमा)

टाटु अहिलेका युवा पिडिको मानसपटलमा चलिरहेको एक विचित्रको फेसन हो ।  अहिले टाटू बनाउनु एक ट्रेण्ड नै बनेको छ । कतिपयले सामयान्य चित्रहरु कोर्ने गरेका छन् । भने कतिपय मानिसले यसलाई अलग ढंगले बनाउँदछन् । कतिपयले यस्ता टाटु बनाउँछन् की त्यसलाई देख्दा हामीलाई ठम्याउनै गाह्रो हुन्छ । वास्तवमा त्यो टाटु हो वा होई ठम्याउनै गार्हो । त्यो टाटु हो वा अरु नै उपद्रो ।

थ्री डी टेक्नोलोजीको सहायताले सरीरमा विशेष खालको मसी प्रयोग गरी अनौठा टाटू बनाउने ट्रेण्ड सुरु भएको छ । यस्ता टाटू साँच्चीकै तर्साउने खालका समेत हुने गरेका छन् ।

टाटू आर्टिस्टले यस्तो टाटू समेत बनाउन सफल भएका छन्मानौँ मानिसको जिउमा उनीहरुले कोटमै जस्तै टाँक लगाइदिएका छन् । त्यस्तै टाउकामा इँटा नै जमाएजस्तो गरी समेत टाटू खोपिदिन्छन् । घुँडा चर्किएजस्तो तथा पिठ्यूँमा आँखा पलाएजस्तो टाटू बनाउने क्रम पनि बढेको छ ।

हेरौँ हेर्दैमा तिरिमिरी पार्ने केही थ्री डी टाटूहरु भिडियोमा :

eznepal-sidebar add

Rakshya Travel-sidebar