आर्यन र प्रियंकाको ’बटरफ्लाइ’ शीर्ष गीत रिलिज (भिडियोसहित)

चलचित्र ‘बटरफ्लाई’को नयाँ गीत सार्वजनिक भएको छ । यही पौष २८ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बटरफ्लाईकाे शीर्ष गीत भन्दै निर्माण पक्षले बिहीबार साँझ गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

स्याड भर्सनको सार्वजनिक शीर्ष गीतमा स्वर युवराज चौलागाईंको स्वर छ भने सङ्गीत विकास चौधरीले भरेका छन् । सुरज लामिछानेको शब्द समावेश गीतको सार्वजनिक भिडियो निर्देशन कविराज गहतराजको छ । गीतमा लिड कलाकार आर्यन अधिकारी र प्रियंका कार्की फिचरिङमा छन् ।

आर्यन र प्रियंकासँगै चलचित्रमा अर्पण थापा, रविन्द्र खड्का, पुरज थापा, सुष्मा कार्की, सुरविर पण्डित, मोहन निरौंला, राम बुढाथोकी र माधव पण्डित अभिनय रहेको छ । ’बटरफ्लाइ’लाई ओमप्रतिक गुरुङले निर्देशन गरेका हुन् ।चलचित्रमा कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने सरोज शाह र मन्दिल श्रेष्ठ सह निर्माता रहेको हुन् । चलचित्रका मुख्य निर्मातामा पुष्पाञ्जली अधिकारी ’सखा’, रामशरण राना र भुपेन्द्र सुवेदी छन् ।

eznepal-sidebar add

Rakshya Travel-sidebar