‘आयौ तिमी’

रजनी मल्ल, न्यु जर्सी अमेरिका ।

कविता ‘आयौ तिमी’

 

मेरो जिबनको गोरेटोमा अन्जान बनि आयौ तिमी

मेरो जिबनको यात्रामा सहभागी भइ छायौ तिमी

मेरो मुटुको चालमा धड्कन बनि आयौ तिमी

मेरो पलपलको क्षणमा खुशी बनि छायौ तिमी।

 

मेरो क्षणिक मुस्कान मात्र होइन है तिमीलाई

मेरो सिंगो जिबन नै उपहार भो तिमीलाई

मेरो क्षणिक मिलन मात्र होइन है तिमीलाई

मेरो मुटुभरिको माया पनि तिमीलाई।

 

मेरो मन रुन्छ है उदाशिएको पाउदा तिमी

मेरो मुटु दुख्छ है बिनाकारण रिसाउदा तिमी

मेरो दिल हास्छ है रमाएको पाउदा तिमी

मेरो मन नाच्छ है दिल खोलेर हास्दा तिमी।

 

मेरो जिबनको उकाली ओरालीमा

सधै साथ देउ है तिमी

मेरो जिबनको गोरेटोमा

सधै छाया बनि आउ है तिमी।

eznepal-sidebar add

Rakshya Travel-sidebar