कलम सहकारीको रक्तदानमा ६३ युनिट रगत सकंलन

मनोहरि पौडेल, पोखरा १४ भदौ।
कलम बचत तथा ऋण सहकारी सस्थाँको दशौ बार्षिक उत्सवको उपलक्ष्यमा नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ कास्की र कलम सहकारीको सयुत्त आयोजनामा रक्तदान कार्यक्रममा सम्पन्न भएको छ ।
उक्त रक्तदान कार्यक्रमका प्रमुख अतिथी
भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयका रजिष्टार बद्रिनाथ अधिकारीले पहिलो रक्तदाता सहकारीका ब्यवस्थापक सन्तोष लामिछाने र शेयर सदस्य जित वहादुर कुवंरलाई व्लड व्याग हस्तान्त्रण गरेर कार्यक्रमको सुभारम्भ गरेका थिए ।
रक्तदान कार्यक्रममा वोल्दै अधिकारीले सहकारी सस्थाहरुले विभिन्न समयमा सामाजिक उतरदाहित्वका कामहरु गरिरहेको बताए । कलम वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ऋषिराम शर्मा भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य
कलम वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष अर्जुन प्रसाद पोखरेल गरेक थिए । कलम वचत तथा ऋण सहकारी संस्थाका सचिव मनोहरि सापकोटाले
कार्यक्रम सयोजक तथा धन्यवाद प्रकट गरेका थिए भने कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महांसघ कास्कीका अध्यक्ष मोहन प्रसाद सापकोटा नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महांसघका केन्द्रिय सदस्य शिवराज वास्तोला सेयर सदस्य तथा पत्रकार गुप्त प्रसाद शर्मा लगाएतले रगतदान गर्ने सवैमा धन्यवाद प्रकट गरेका थिए । कार्यक्रम सन्चालन नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महांसघ कास्कीका सचिव गोविन्द गौतमले गरेका थिए ।
कार्यक्रममा रक्त संचार केन्द्र पोखरावाट अर्जुन ज्ञवाली सहितको प्राविधिक टोलिले आवस्यक सामाग्री सहीत विषेष सयोग गरेको थियो । उक्त रक्तदान कार्यक्रममा ६३ युनिट रगत सकंलन भएको थियो ।