न्यू—डायमण्ड र पुलिस राष्ट्रिय महिला भलिवल प्रतियोगिताको फाइनलमा

पोखरा १५, भदौं,

हङ वाङगी यू—डाईमण्ड एकेडेमि काठमाण्डौं र विभागिय टोली नेपाल पुलिस क्लव राष्ट्रिय महिला भलिवल प्रतियोगिताको फाइनलमा प्रबेस गरेकाछन्। लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना भएको उक्त प्रतियोगितामा आइतबार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै न्यू—डाईमण्ड र पुलिसले उपाधिको लागि सोमबार फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएका हुन्।

नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा इन्द्रराज्य लक्ष्मि माविको परिसरमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा न्यू—डाईमण्डले घरेलू टिम गण्डकी प्रदेशलाई २५—१८, २५—२० २५—१९ को सोझो तीन सेटमा पराजित गरी फाइलमा यात्रा बनाएको हो । सिपोरा गुरुङ सहितका खेलाडी मैदानमा उतारेको न्यू—डाइमण्ड बिरुद्ध गण्डकीले एक सेट पनि जित हासिल गर्न सकेन् । त्यसै गरी राष्ट्रिय बन्द प्रशिक्षणबाट दोश्रो चरणमा बाहिरिएका गण्डकी प्रदेशका दुई जना खेलाडी लक्ष्मी कुमाल र ममता डगौरा गण्डकी प्रदेशबाटै खेल्दा पनि प्रदेशले उत्कृष्ट खेल प्रर्दशन गर्न सकेन्् । पोखरेली खेलाडी सिपोरा गुरुङ केही समय अघि देखि अध्ययनको शिलसिलामा अमेरीका थिइन उनलाई हाल न्यू—डाइमण्डले आफ्नो टिममा समावेस गरेको हो । केही खेलाडी तथा दर्शकहरुले सिपोरालाई गण्डकी प्रदेशबाटै खेल्नु पर्ने प्रतिकृया दिएका थिए ।

त्यसै गरी दोश्रो सेमिफाइनल खेलमा पुलिसले श्रीराम खेलकुद विकास समिति दाङलाई २५—११, २५—७, र २५—६ को सोझो तीन सेटमा पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो । उक्त प्रतियोगितामा समुह ए को विजेता गण्डकी प्रदेश र बीको उपविजेता न्यू—डाईमण्ड तथा समुह बीको विजेता पुलिस बिरुद्ध समुह एको उपविजेता श्रीराम खेलकुद विकास समिति दाङ बिच सेमिफाइन खेल भएको खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए । फाइनल खेल भने सोमबार २ बजे पछि हुने भएको उनले जनाए । शनिबार अत्याधिक बर्षातका कारण स्थगित भएको दुई खेल सहित आइतबार ६ खेल भएको हो । शनिबार स्थगित भएको न्यू—डाईमण्ड बिरुद्ध नेपाल पुलिस क्लव बिचको खेलमा पुलिसले जित हासिल गरेको हो । पुलिसले न्यू—डाईमण्डलाई ३२—३०, २५—२२, १५—२५, २४—२६ र १५—५ को सेटमा पराजित गरेको होे । शनिबार नै स्थगित भएको अर्को खेलमा गण्डकी प्रदेशले श्रीराम खेलकुद विकास समिति दाङलाई २५—२१, २३—२५, २५—१७, २५—१९ मा पन्छाएको होे । पुलिसले लिगको खेलमा चितवन टाइगर्सलाई २५—२०, २५—१८, २५—१२ को सोझो सेटमा पन्छाएको हो । लिग चरणको अर्को खेलमा श्रीराम खेलकुद विकास समिति दाङले पारामाउण्ट इङसिल वोर्डिङ स्कुल काठमाण्डौंलाई २५—१७, २०—२५, २५—२३ र २५—२१ को सेटमा पराजित गरेको हो ।

पवित्र गणेश सप्लायर्स अन्तर मावि लोकनृत्य प्रतियोगितामा मेरी गोल्ड बोर्डिङ स्कुलले उपाधि जितेको छ । १४ टिमलाई पछि पार्दै मेरी गोल्डले उपाधि जितेको महोत्सवका प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षेत्रीले बताए । उनका अनुसार प्रतियोगितामा कुमुदीनि होम्स मावि दोश्रो, सुर्यदय बोर्डिङ स्कुल तेश्रो र प्रगति बोर्डिङ, सोसियल पब्लिक र सरस्वती आर्दश बिद्या आश्रमले शान्त्वना स्थान हासिल गरेकाछन्। उत्कृष्ट भेषभुषामा भने गण्डकी आवासिय माविले उपाधि जितेको होे । आइतबार रामजी पौडेल, ज्योती लोहानी लगायतका कलाकारको प्रस्तुती रहेको थियो । दि यूनाइटेड गोल्ड मार्ट तिज गित प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ । डिस मिडिया प्रा.लि. प्रमूख प्रायोजकको रुपमा रहेको महोत्सवमा प्रायोजकका रुपमा पोखरा मिक्स्चर सेवा समिति लामाचौर, सह प्रायोजकका रुपमा हङ्गकङ्गमा रहनुहुने कुब्जे दिदी बहिनी समुह हङ्गकङ्गको सहकार्य रहेकोे छ । महोत्सवमा ४० भन्दा बढी स्टलहरु रहेको समाजका अध्यक्ष कमलबहादुर थापाले बताए । उक्त महोत्सव सम्पन्न गर्न करिब ५० लाख संकलन भएको अर्थ संयोजक नविन भण्डारीले बताए । तिज पर्वको मुख्य दिन सोमबार महोत्सवमा स्वयमसेवक देखि समाजका पदाधिकारीले आगन्तुक पाहुनालाई महोत्सवमा सहज आगमनको लागि राम्रो ब्याबस्था मिलाएको अनुगमन समितिका संयोजक धर्ममानसिंह भण्डारीले बताए ।