हिल प्वाईट स्कुलमा वाटर कलर कार्यशाला

मनोहरि पौडेल, पोखरा १८ भदौ ।
पोखरा १२ सितलदेवीमा रहेको हिल प्वाइट उच्च माविमा वाटर कलर कार्यशाला सम्पन्न भएको छ ।
चित्रकार मनोज तामाङको बिषेश उपस्थितिमा सम्पन्न सो कार्यक्रममा हिल प्वाइट उच्च मा।विका फाईन आर्ट
शिक्षकहरू सुरेन्द्रराज अधिकारी र सुदीन श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
कार्यशालाबाट विधार्थीहरूलाई ग्रुपमा काम गर्ने बातावरण सृजना गर्ने र सिनियर आट्रिष्ट्रबाट सिक्ने अवसर प्रदान गर्ने उध्यश्यले कार्यक्रम राखीएको स्कुलका प्राचार्य दिवाकर जैसीले बताए । विधार्थीलाई हौसला दिन साथै आर्ट प्रतिको रूचि वढाउन र वाटर कलरको सिप विकासको लागी सामुहीक कार्यशाला महत्वपुर्ण हुने फाईन आर्टका शिक्षक सुरेन्द्रराज अधिकारीले बताए । सामुहीक कार्यशालाबाट आफुहरूमा प्राक्टीस गर्ने बानी बसेको र कन्फीडेन्स पनि बढेको विधार्थीहरू निश्चल गुरूङ र अनिल नेपालीले बताए । दुई दिन सम्म चलेको उक्त कार्यशालामा हिल प्वाईट स्कुलका कक्षा ११ र १२ का फाईन आर्टका विधार्थीहरू सहभागी भएका थिए । कार्यशालाबाट विधार्थीहरूमा उत्साह भएको हुदा विधार्थीहरूको हौसला बढाउन अव देखी तिन तिन महीनामा वाटर कलर कार्यशाला गर्ने सोचाइमा रहेको स्कुलका प्राचार्य दिवाकर जैसीले बताए । हिल प्वाईट स्कुलमा काठमाण्डौ बाहीर पहिलो पटक कक्षा १२,१२ मा फाइन आर्टको कक्षा सन्चालन भएको हो । यस बाट गण्डकी प्रदेशका विधार्थीहरूलाई काठमाण्डौ गएर पढनै पर्ने बाध्यता हटेको छ ।