कुन राशिको प्रेम सम्बन्ध कुन राशिसँग सफल हुन्छ ? जानिराख्नुहोस….

मेष राशिः
यो राशिका मानिसहरु प्रेममा निकै समर्पित हुन्छन् र प्रेमबिना मानसिक र शारीरिक रुपमा निकै कमजोर सावित हुन्छन् । प्रेम सम्बन्धमा आउने अवरोध रोकावटलाई हटाउन ज्यानको बाजी लगाउन पनि तयार हुने स्वभावयो राशिका महिला तथा पुरुषहरुमा हु्न्छ ।
यो राशिका महिलाहरुले प्रेममा सेक्सलाई प्राथमिकता दिन्छन् ।मेष राशिका महिला पुरुषको कन्या राशिसँगको प्रेम सम्बन्ध सबैभन्दा सफल र राम्रो हुन्छ । कर्कट र मीन राशिसँगको प्रेम सम्बन्ध भने असफल र हानीकारक हुनेछ ।

वृष राशिः
यो राशिका महिला पुरुषहरुको प्रेम सम्बन्ध उतिसारो सफल मानिँदैन । झ्वाट्टै प्रेम बस्ने तर दिगो नहुने समस्या रह्न्छ । यो राशिका मानिस बढि भावनामा डुब्ने र सानो कुराले पनि शंका उत्पन्न गर्ने भएकाले प्रेम सम्बन्ध दिगो रहन सक्दैन । प्रेममा सहानुभुति चाहनु यो राशिका महिलापुरुषको कमजोरी हो ।
वृष राशिका मानिसले मेष, वृश्चिक, धनु तथा मकर राशिसँग प्रेम सम्बन्ध राख्नु क्षति बेहोर्नुबाहेक केही होइन । अरु राशिसँग प्रेम गर्नु तुलनात्मक रुपमा सामान्य रहन्छ ।

मिथुनः
यो राशिका महिला पुरुष मनमा कुरा अडाउन नसक्ने र आवेशमा आइहाल्ने खालका हुन्छन् । यिनीहरुले धनसम्पत्ती र प्रेमलाई समान महत्व दिने भएकाले प्रेमको मामिलामा उतिसारो सफल मानिँदैनन् ।
प्रेम सम्बन्ध खासै दिगो नहुने भएपनि जति समयसम्म प्रेम रहन्छ त्यो निकै रोमान्टिक हुन्छ । खासगरी मिथुन राशि र सिंहराशिबीचको प्रेम सम्बन्ध निकै सफल र नाटकीय हुन्छ । धनु राशिसँगको प्रेम दार्शनिक हुन्छ । तर वृश्चिक राशिसँगको प्रेम भने असफल हुन्छ ।

कर्कट राशिः
यो राशिका नारी पुरुषहरु साँचो र दिगो मायाप्रेम गर्ने खालका हुन्छन् । आफुले चाहेको व्यक्तिलाई प्रेमजालमा फसाउन खप्पिस हुन्छन् । निकै मायालु तथा दयालु स्वभावका हुन्छन् र सानातिना अवरोधले विचलित हुँदैनन् ।
विपरित लिंगीप्रतिको आकर्षण पनि बढि हुन्छ । तरपनि सिंह, धनु र मकर राशिसँगको प्रेम भने उतिसारो सफल हुँदैन । अरु राशिसँगको प्रेम सफल हुने देखिन्छ ।

सिंह राशिः
यो राशिका महिलापुरुष अहंकारी हुन्छन् । तरपनि प्रेमसम्बन्धमा समर्पणको कमी हुँदैन । प्रेमीप्रेमीकाको सधै भलो चाहन्छन् । झ्वाट्ट प्रेम गर्नुभन्दा सबैकुरा सोँचविचार गरेर मात्र माया प्रेम गर्ने स्वभाव यो राशिमा हुन्छ । यो राशिका महिला पुरुषले मेष, मिथुन, तुला तथा धनु राशिका सँग प्रेम गर्नु उपयुक्त हुन्छ ।

कन्या राशिः
यो राशिका महिला पुरुष प्रेममा तनाब लिइरहने प्रकृतिका हुन्छन् । निकै यौनआतुर हुन्छन् र प्रेम सम्बन्धमा सेक्सलाई उच्च प्राथमिकता दिन्छन् । तरपनि आफ्नो प्रेमीपे्रमीकालाई इज्जत गर्न जान्दछन् । वृष र सिंह राशिसँगको प्रेम सम्बन्ध लाभदायक छैन अरु राशिसँग सामान्य छ ।

तुला राशिः
यो राशिका मानिस सावधान भएर मात्र प्रेम गर्छन् । बौद्धिक आधारमा प्रेम गर्छन् । पुरुषहरु परस्त्रीप्रति समेत आँखा लगाउने खालका हुन्छन् । शंकालु स्वभावका हुन्छन् । तुला राशिकाले सिंह र धनु राशिका सँग प्रेम गर्नु फलदायक हुन्छ ।

वृश्चिक राशिः
यो राशिका महिला पुरुष विलासी स्वभावका हुन्छन् र प्रेममा लिप्त हुन्छन् । भ्रमण गर्न रुचाउँछन् । प्रेममा आत्मिय सम्बन्ध वा समान हैसियत दिनेभन्दा पनि आफु माथि रहने प्रयास गर्छन् । शंका गर्ने बानीका कारण प्रेममा अड्चन आउन सक्छ । दाम्पत्य जिवन झगडामय बन्न सक्छ । सिंह राशिसँगको प्रेम उत्तम, धनु र कुम्भसँगको प्रेम मध्यम हुन्छ ।

धनु राशिः
यो राशिका पुरुषहरु प्रेमिकालाई निकै धेरै विश्वास गर्छन् र कहिलेकाही बढि विश्वासका कारण धोका समेत खानुपर्छ । यिनीहरु आफ्नो विपरित लिंगी सुन्दर भएमा मात्र ऊ सँग सेक्स गर्नु उचित हुन्छ भन्ने सोँच्छन् वा सम्बन्धमा शारीरिक सुन्दरतालाई प्राथमिकता दिन्छन् । आदर्शवादी हुन्छन् । वृष, कुम्भ, मिथुन, र कन्या राशिसँगको प्रेम निकै सफल हुन्छ ।

मकर राशिः
यो राशिका महिला पुरुषको प्रेम सम्बन्ध उतिसारो सफल मानिँदैन । प्रेम प्राप्तिका लागि निकै चाहना हुने भएपनि सफल नहुँदा निरास बन्दछन् । यो राशिका व्यक्तिको जिवनमा प्रेम वियोग सामान्य घटना हुन्छ । यो राशिका पुरुष भन्दा महिला प्रेममा बढि असफल हुन्छन् । मकर राशिका महिला पुरुषको कन्या, मेष र कर्कट राशिसँगको प्रेम पूर्णत असफल नै हुन्छ ।

कुम्भ राशिः
यो राशिका महिला पुरुष भावनावादी र गोप्यताप्रेमी हुन्छन् । प्रेमलाई गोप्य राख्न चाहन्छन् र समर्पण धेरै हुन्छ । प्रेममा त्याग र बलिदानका लागि तयार हुन्छन् । तरपनि प्रेममा खासै सफल भने हुँदैनन् र व्यक्तिगत भन्दा विभिन्न सामाजिक कारण प्रेममा पर्खाल बनिदिन्छन् । खासगरी वृष, धनु र मिन राशिसँगको सम्बन्ध त्यति सफल हुँदैन ।

मीन राशिः
यो राशिका महिला पुरुष सधै खुसी रहन चाहने प्रकृतिका हुन्छन् र यिनीहरु आफ्नो प्रेमी प्रेमीका निकै सुन्दर होस् भन्ने चाहन्छन् । कसैसँग माया पिरती लगाएपछि जिवनमा सबै कुरा पाएको ठान्दछन् र दायाँबायाँ हेर्दैनन् ।
यस्तो एकसुरे प्रवृत्तिले गर्दा कहिलेकाहीँ नराम्ररी धोका खान्छन् । मीन राशिका व्यक्तिहरु खासगरी कन्या राशिका व्यक्तिहरुसँग बढि आकषिर्त हुन्छन् र प्रेम सम्बन्ध सफल पनि हुन्छ । त्यस्तै मेष र मिथुन राशिसँगको सम्बन्ध पनि सफल नै हुन्छ । तर सिंह राशिसँगको प्रेम सम्बन्ध त्यति सफल हुँदैन ।

एजेन्सी

eznepal-sidebar add

Rakshya Travel-sidebar